चितवन । चितवनमा सेढाईं होल्डिङ्गस (एसएच )मोटर्सले टाटा कम्पनीको ईभी ’टियागो र पञ्च’को बिक्री शुरु गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित रिजाल चोकमा शुक्रबार एक कार्यक्रमका बीच उक्त मोडलका गाडी सार्वजनिक गरेको हो । तीन हजार पाँच सय वर्गफिट क्षेत्रफलमा टाटाको नयाँ उत्पादन बिक्रीका लागि एसएच मोटर्स सञ्चालनमा ल्याईएको व्यवस्थापकीय प्रमुख निर्देश सेंढाईले जानकारी दिए । यो नयांँ शोरुममा टाटाका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछन ।
कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्तजङ्ग सिजापती र सेढाई होल्डसकी अध्यक्ष शर्मिला सेढाईले दुवै गाडी सार्वजनिक गरेका हुन् । सो अबसरमा बोल्दै टाटा मोटर्सका लागि महत्वपूर्ण मानिएको चितवनको बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सेवा सुविधा दिने बताए ।
“ग्राहकको सन्तुष्टी हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ र एसएच मोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा बिक्री सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौँ ।” सिजापतीले भने । मोटर्सकाका व्यवस्थापकीय प्रमुख निर्देश सेढार्इंले टाटाको नयाँ शोरुम संँगै ग्राहकलाई उच्चस्तरको सेवा स्थानीय स्तरमै दिन पाउदा खुशी लागेको बताए । गाडीको बिक्री संँगै आधुनिक सर्भिस सेन्टर, चार्जिङ्ग स्टेशनका साथै आवश्यक पार्टस पनि उपलब्ध गरिएको उनले बताए ।समुच्च जिपटन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरुमा रहेको र सेढाईले गाडीमा कार्य कुशलता, प्रविधि, विश्वास, र आरामदायी रहेको उनले जानकारी दिए ।
त्यसैगरी, टाटाको ‘न्यु फरेभर’ रेञ्ज अन्तर्गतको पन्चको चार आधार स्तम्भ मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र एक्सटेरियर दुबैको बनाबट आकर्षक छ । पञ्च गाडी हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित रहेको छ । यी दुई गाडीहरुले चितवनको सडक सुहाउंँदो र सबै वर्गलाई लक्षित गरि बनाईएको उनले बताए । गाडी सार्वजनिक भएसंँगै हालको आथिक मन्दीमा यस मोडलका गाडीको बुकिङ्ग र बिक्री राम्रो भएको भन्दै ग्राहकहरुको मन र विश्वास जित्ने प्रमुख अतिथि सेढाई होल्डीङ्गसकी अध्यक्ष शर्मिला सेढाईले बताईन् ।