चितवन । चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुल उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । राष्ट्रिय शिक्षा दिवश २०८० को अवसरमा भरतपुर महानगरपालिकाले लिटल फ्लावर स्कुललाई संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको भन्दै सम्मान गरिएको हो ।
भरतपुरमा आज आयोजित एक विशेष समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनू दाहाल उपप्रमुख चित्रसेन अधिकारी र नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले लिटिल फ्लावर स्कुललाई सम्मान गर्नुभएको हो । सिकाई, उपलव्धी तथा कार्यसम्पादन मूल्याकंनका आधारमा लिटल फ्लावर स्कुल भरतपुर महानगरका अन्य विद्यालयहरुलाई पछि पार्दै उत्कृष्ट बन्न सफल भएको हो ।
महानगरको सम्मानपत्रमा लेखिएको छ , ‘शैक्षिक सत्र २०७९ मा राष्ट्रिय परिक्षा बोर्डबाट लिइएको माध्यामिक तह (कक्षा १०) को परिक्षाको नतिजाको आधारमा संस्थागत विद्यालय तर्फ उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएकोमा विद्यालयको योगदानको उच्च मूल्याकंन गर्दै “राष्ट्रिय शिक्षा दिवस –२०८०” को अवसरमा स धन्यवाद यो सम्मानपत्र प्रदान गरिएको छ ।
विद्यालयका प्राचार्य फादर मञ्जुस एसजेले संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट विद्यालयहरुको रुपमा पुरस्कृत हुनु गौरवको विषय भएको बताउनुभयो ।
स्थानीय सरकारले संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट स्कुलको रुपमा गरेको सम्मानले अत्यन्तै खुसी छौ,उहाँले भन्नुभयो– शिक्षालाई आगामी दिनमा थप प्रभावकारी बनाउने जिम्मेबारी समेत हामीमा बढेको छ ।
सो अवसरमा विद्यालयका माध्यामिक तहका गणित विषयका शिक्षक ध्रुवराज घिमिरे, अग्रेजी विषयका जोमन सेवास्टिन र कम्प्युटर विज्ञानका ज्योती शर्मा (क्षेत्री) लाई पनि सम्मान गरिएको छ । सम्मानित हुने तीनैजना शिक्षकहरु विद्यालयमा लामो समयदेखि कार्यरत अनुभवी र दक्ष शिक्षकहरु भएको विद्यालयले जनाएको छ ।