• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

यो ठेक्का प्रणालीले हामी विस्थापित र बिष पिउने अबस्थामा पुग्छौं : कवाडी व्यवसायी


  •   शनिबार, असोज २०, २०८० मा प्रकाशित
  • सूर्यप्रसाद अधिकारी, असोज २०,चितवन । भरतपुर महानगरपालिकाका कवाडी व्यवसायीहरुले महानगरको ठेक्का कर प्रणालीको विरुद्धमा आन्दोलन गर्ने तयारी गरेका छन । आफुसंँग समन्वय नगरी टेण्डर प्रक्रियाबाट करौडौं रकम भुक्तान गर्नुपर्ने कर प्रणाली लागु गर्न खोजेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मासिक कर लिनुपर्ने माग गर्दै एउटै बस्तुमा दोहोरो तेहेरो कर नलिन आग्रह गरेका छन ।

    Advertisement

    पत्रकार सम्मेलनमा बोल्दै सरसफाई तथा पुनःउपयोगी वस्तु व्यवसायी संघ ( कवाडी) अध्यक्ष शंकर बहादुर क्षेत्रीले आर्थिक अवस्था धराशायी भएको बेलामा महानगरले समन्वय नगरी जबरजस्ती ठेक्का प्रणाली लाद्न लागेको बताए । ‘ अहिले न्यूनतम २ करोड ६८ लाख टेण्डरमा जानु भन्छ । हामीले यत्रो रकम कसरी एकैपटक दिन सक्छौं ।’ उनले भने । आफूहरुले मासिक रुपमा कर लिनुपर्ने माग गर्दै दुई महिनादेखि महानगरमा डेलिकेशन जांँदा पनि वास्ता नगरेको बताए । ‘यो ठेक्का प्रणालीले हामी विस्थापित र बिष पिउने अवस्थामा पुग्छौं ।’ अध्यक्ष क्षेत्रीले भने ।
    यसअघि बस्तुपिच्छे कर नलिएपनि हाल आएर हरेक वस्तुको अलग्गै कर र यसको प्रतिकेजी दररेट पनि बढाएको व्यवसायीको भनाई छ ।
    ‘अहिले फलाममा प्रति केजी दुईरुपैया र भ्याट, प्लाष्टिकमा ५० पैसा र भ्याट, तामामा १० रुपैयांँ र भ्याट गरेको छ । हामीले आफ्नै व्यवसायको नवीकरण गर्न नसकेको बेला यत्रो कर कसरी तिर्न सक्छौं ।’ अर्का व्यवसायी भोलानाथ सापकोटाले भने ।
    आफुहरुलाई राज्यले तेस्रो दर्जाको नागरिकको रुपमा हेरेको भन्दै माग सम्बोधन हुन नसके शान्तिपुर्ण आन्दोलनमा भोलिबाट जाने तयारी गरेको उनीहरुले बताए ।

    संघका सचिव पुरन मल्लले कवाडी व्यवसायले हजारौंलाई रोजगार र कर संकलनमा समेत भूमिका खेलेको भन्दै व्यवसायी मैत्री कर हुनुपर्नेमा जोड दिए । ‘हामीले कर तिर्दैनौ भनेकै छैन , हामीलाई यस्तो बेलामा बाध्यता र टेण्डर नलाद्नुस मात्रै भनेका हौं ’ मल्लले भने , टेण्डर रकमलाई मासिक रुपमा तिर्न व्यवस्था मिलाईदिनुस मात्र भनेका हौं ।’ अहिले आफ्नो सामान भारत पठाउंँदा पालिका पिच्छे कर तिर्नुपरेको बताउंँदै थप मर्कामा परेको बताए । हामीले अरु जिल्लाबाट किन्दा पनि कर, यहांँबाट बेच्दा पनि कर अनि हरेक पालिकापनि कर तिर्नुपर्ने बाध्यता छ ।’ उनले भने ।

    अर्का व्यवसायी सुनील गुप्ताले यो व्यवसायले राज्यलाई रोजगारी र सरसफाईमा समेत सहयोग गरेको भन्दै सम्मानपुर्वक व्यवहार गर्न आग्रह गरे । ‘हामीले फोहोर वस्तु संकलन गरेर शहर सफा मात्रै गरेका छैनौं । नियमित कर पनि कर तिरेका छौं , गुप्ताले भने, एकसाता मात्र बोतल, प्लाष्टिक , फलामहरु नउठोस्त शहरको हालत के हुन्छ ? उनले भने ।
    सरकारको जवरजस्ती कर लाद्ने प्रवृत्तिले गर्दा आफूहरु भोलिदेखिनै चरणबद्ध आन्दोलनमा जाने उनीहरुले बताए ।
    भरतपुर महानगरपालिकामा मात्र संघमा आवद्ध ७५ जना व्यवसायी छन । यो व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा चारहजार पांँचसयले प्रत्यक्ष रोजगारी पाएका छन ।

    शनिबार, असोज २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.