• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना र उपचारका लागि महोत्सव गरिंँदै


  •   मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
  • चितवन । चितवनको नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना र उपचारको लागि महोत्सव गरिने भएको छ । रिकभरिङ्ग युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा चितवन रिकभरी जनचेतना, साँस्कृतिक , पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० हुन लागेको हो ।
    महोत्सव मंसिर ६ देखि १६ गतेसम्म १० दिन हुने आज (मंगलबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । लागू औषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ्ग युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवबाट आर्थिक स्थिति कमजोर भएका ३० जना महिला तथा पुरुष लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचारको लक्ष्य रहेको श्रेष्ठले बताउनु भयो । ‘लागुऔषध दुव्र्यसनीको चुनौति दिनानुदिन बढ्दो छ, श्रेष्ठले भन्नुभयो, विपन्न परिवारको दुव्र्यसनीको उपचारको लागि महोत्सव आयोजना गरेका हौं ।’
    महोत्सवमा स्कुल तथा कलेजका विद्यार्थीहरुलाई सहभागी गराई लागूऔषधविरुद्धका प्रतियोगितात्मक नाटक, कविता, वादविवाद र गायन तथा नृत्य कार्यक्रमहरु पनि हुनेछन् । लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचार मुख्य लक्ष्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रवर्द्धनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
    महोत्सवमा दुई सय ५० भन्दा बढी स्टलहरु रहने मूल समिति संयोजक महेश श्रेष्ठले जानकारी दिनुभयो । स्टल बुकिङ खुला भइसकेको श्रेष्ठले बताउनुभयो । महोत्सव परिसरमा नै सचिवालय स्थापना गरिने र त्यहीबाट इच्छुक उद्योगी व्यवसायीले स्टल बुकिङ गर्न सक्ने उहाँले जानकारी दिनुभयो । यसले घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवर्द्धन तथा बजारीकरण, स्थानीय स्रोत साधन तथा मौलिक परम्परा, स्थानीय स्तरको पहिचान, स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरण तथा प्रवर्द्धनमा टेवा पुग्ने उहाँको भनाई छ ।

    Advertisement

    महोत्सवले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने सह संयोजक पिंगलराज पन्तले बताउनु भयो । भरतपुरसहित समग्र चितवनका पर्यटकीय गन्तव्यहरुको जानकारी दिनेका लागि महोत्सव परिसरमा छुट्टै डिस्प्ले बोर्ड राखिने पन्तले बताउनुभयो । महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि हुनेछन् । ख्यातीप्राप्त कलाकारहरुले हरेक दिन दर्शकलाई मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।
    हरेक दिन पाँच हजार गरी ५० हजार जनाले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव सम्पन्न गर्न ५७ लाख खर्च हुने अनुमान छ । महोत्सव अवलोकनका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । जेष्ठ नागरिक, विपन्न तथा पाँच वर्ष मुनीका बालबालिकाका लागि निस्शुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सवको तयारी तीव्र रुपमा अघि बढिरहेको आयोजकले जानकारी दिएको छ । रिकभरिङ्ग युनाइटेडले हालसम्म एक हजार पाँच सय जना लागूऔषध प्रयोगकर्ताहरुको निस्शुल्क उपचार गरिसकेको छ ।

    मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.