• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

मंसिर ६ गतेदेखि १६ सम्म नारायणी नदी किनारमा नारायणी महोत्सव


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • चितवन । नारायणी नदीकिनारमा भोलि बुधबारदेखि चितवन नारायणी महोत्सव सञ्चालन हुँदैछ ।
    रिकभरिङ्ग युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा चितवन रिकभरी जनचेतना, साँस्कृतिक , पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० हुन लागेको हो ।महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

    Advertisement

    स्थानीय उत्पादनको प्रर्वद्धन गर्न र आर्थिक गतिविधि चलायमान बनाउने उद्धेश्य सहित महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएको छ । मंसिर १६ गतेसम्म १० दिन हुने महोत्सवको लागु औषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ्ग युनाइटेडका अध्यक्ष तथा कार्यक्रम संयोजक रविनकुमार श्रेष्ठले जानकारी दिए ।

    लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचार मुख्य लक्ष्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रवर्द्धनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
    महोत्सवमा प्रतिव्यक्ति ७० रुपैंया र विद्यार्थीलाई ५० रुपैंया प्रवेश शुल्क तोकिएको र महोत्सव सम्पन्न गर्न ५७ लाख खर्च अनुमान गरिएको संयोजक श्रेष्ठले बताए ।

    घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवर्द्धन तथा बजारीकरण, स्थानीय स्रोत साधन तथा मौलिक परम्परा, स्थानीय स्तरको पहिचान, स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरण तथा प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाई छ ।

    महोत्सवले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने सह संयोजक पिंगलराज पन्तले बताए । भरतपुरसहित समग्र चितवनका पर्यटकीय गन्तव्यहरुको जानकारी दिनका लागि महोत्सव परिसरमा छुट्टै डिस्प्ले बोर्ड राखिएको छ । महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि हुनेछन् । ख्यातीप्राप्त कलाकारहरुले हरेक दिन दर्शकलाई मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।

    हरेक दिन पाँच हजार गरी ५० हजार जनाले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सव अवलोकनका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । जेष्ठ नागरिक, विपन्न तथा पाँच वर्ष मुनीका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

    लागूऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने उद्देश्य लिएर महोत्सव गर्न लागिएको रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । महोत्सवमा २५० भन्दा बढी स्टलहरु रहने उनले बताए । उनका अनुसार सबै स्टल बुकिङ भइसकेका छन् । महोत्सवमा दैनिक ५ जनाभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने उनले जानकारी दिए ।

    महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सीलगायतको स्टल रहने छन् भने निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुव्र्यसनीविरूद्ध सचेतनामूलक कार्यक्रम र अन्तर्राष्ट्रियस्तरका बाल उद्यान रहने आयोजकले जानकारी दिएको छ ।

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.