• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

डिजीसफ्टको प्राविधिक सहयोगमा भरतपुर वडा नम्बर २मा तथ्यांक संकलन शुरु


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिकामा जिपिएस ( ग्लोबल पोजिसन सिष्टम) प्रणाली सहित अन्य तथ्याङ्क संकलनको प्रक्रिया शुरु गरिएको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर २ बाट यो काम शुरु गरिएको हो । वडा अध्यक्ष मनोज रानाभाटको घरबाट उहांँको पारिवारिक विवरण भरेर काम शुरु गरिएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो । यो काम चितवनमै पहिलोपटक शुरु गरिएको हो ।
    कार्यालयले डिजीसफ्ट डेभलपर्सको प्राविधिक सहयोगमा काम शुरु गरिएको वडाले जानकारी दिएको छ ।

    Advertisement

    ‘यस प्रणालीबाट वडाको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, सार्वजनिक स्थल लगायत पूर्वाधारको जानकारी हुनुका साथै वडाको योजना निर्माण तथा समस्या पहिचान हुनुका साथै स्मार्ट महानगरमा समेत टेवा पुग्नेछ ।’ अध्यक्ष रानाभाटले भन्नुभयो ।
    प्रोफाईलमा जिपिएस सिष्टम लागु भएपछि हरेक घरको ठेगाना मोबाइलबाट नै थाहापाउन सकिने छ । एपबाट प्रोफाईलमा घरमुलीको नाम, फोटो र घरको फोटो समेत राखिनेछ ।

    ‘हरेक काम डिजिटलको माध्यमबाट गर्ने हाम्रो चाहना छ, यही उद्देश्यले पहिला डिजिटलबाट वडाको प्रोफाइल तयार गर्न लागिएको हो’, वडाध्यक्ष रानाभाटले भन्नुभयो, ‘प्रोफाइल तयार पार्न आजबाट गणकलाई घरघरमै पठाएका छौं ।’ तथ्याङ्क संकलनका लागि ३० भन्दा बढी गणकहरु घरघरमा खटिएको उहांँले बताउनु भयो ।
    ‘ १५ दिनभित्र हामीले वडाको प्रोफाइल डिजिटलको माध्यमबाट तयार पार्ने लक्ष्य लिएका छौँ, अब प्रत्येक वडावासीको प्रोफाइल वडा कार्यालयमा रहने छ’, वडाध्यक्ष रानाभाटले भन्नुभयो , ‘६० भन्दा बढी प्रश्नको उत्तर संकलनकर्ताले लिनेछन्, घरका सबै सदस्यको विवरण र जिएएस सिष्टमलाई पनि एपबाट समावेश गरिने छ ।’

    डिजीसफ्टका प्रबन्ध निर्देशक बुद्धि डंगोलले देशभरीका ३० वटा पालिकाका ५०० वटा बढी वडाहरुमा कम्पनीले यो एपबाट प्रोफाइल तयार पारिएको भन्दै पहिलो पटक चितवनमा भरतपुर महानगरपालिकाबाट शुरु गर्न लागिएको बताउनु भयो । ‘भरतपुर महानगरपालिका देशकै केन्द्र र विकसित पालिका मध्ये पर्छ, उहांँले भन्नुभयो, आजबाट वडा नम्बर २ बाट प्रोफाइल निर्माण शुरु गरेका छौं ।‘ वडालाई डिजिटाईलेशनमा समावेश गरेपछि हरेक विवरण हरेक बर्ष वडा बाटनै अध्यवधिक गर्न सकिने कम्पनीले बताएको छ । प्र्रोफाईल तयार भएपछि वडा नम्बर २ को औषत प्रति व्यक्ति आयको समेत जानकारी हुने कम्पनीका प्रबन्ध निर्देशक डंगोलको भनाई छ ।

    उहांँका अनुसार कम्पनीले भरतपुरका अन्य वडाको लागि सम्झौता गर्न लागिएको र नवलपुरको गैंडाकोटमा पनि छिट्टैनै काम शुरु गर्नेछ । एपबाट वडालाई जुनुसुकै काम गर्न सहज हुने र कसैलाई पनि तथ्यांकबाट अध्ययन अनुसन्धान सहजै गर्न सकिनेछ । एप्समा हरेक घर परिवारको व्यक्तिगत तथा सम्पत्तिको विवरण लगायतका सूचकलाई गोप्यता कायम गरिएको उहांँले बताउनु भयो ।

    यस प्रविधिबाट प्रत्येक वडावासीको विवरण दुरूस्त तत्काल थाहा पाउन, डेटा अपडेट र बजेट विनियोजनका लागि सजिलो बनाउन, सहजै तुरून्तै र प्रभावकारी सेवा प्रदान गर्न, खर्च र समय बचतको लागि पनि टेवा पुग्नेछ ।
    वडा प्रोफाइलका लागि प्रत्येक टोलबाट तालिम लिएका गणकहरु खटाइएको वडा कार्यालयले जनाएको छ । वडामा १८ वटा टोल विकास संस्था छन भने हाल यहांँ पांँच हजार दुईसय घरधुरी रहेका छन ।

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.