चितवन । नारायणगढको लिटिल फ्लावर स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्कुलको नेपाल जुनियर रेडक्रस सर्कलले वार्षिक कार्यक्रम अन्तर्गत खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो । चितवनका अस्पतालमा रगत अभावलाई केही हदसम्म टेवा पुग्ने भएकोले पनि रक्तदान कार्यक्रम आयोजना गरिएको स्कुलले जनाएको छ ।
विद्यालयका जनसम्पर्क अधिकृत गोविन्द पौडेलले शिक्षक, कर्मचारी र अभिभावक गरी ३० जनाले रक्तदान गरेको जानकारी दिए । रक्तदान कार्यक्रममा ७ जना महिलासमेत थिए । जनसम्पर्क अधिकृत पौडेलले रक्तदान नै जीवनदान भएको बताउँदै अरुको जीवन बचाउनेजस्तो महान कार्यमा सरिक हुनुपर्ने बताए ।
विद्यालयका प्रिन्सिपल फादर डा मन्जुस विद्यालयले अध्ययन अध्यापनका साथै सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउने किसिमका कार्यहरु गर्दै आएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत स्कुलले यसअघि पनि राहत वितरण कार्यक्रम , पोषण वितरण कार्यक्रम लगायत
सरसफाईका कार्यक्रम समेत गर्दै आएको फादर डा. मन्जुसले बताए ।
चितवन जिल्ला रेडक्रस सर्कलको टोलीले रक्तदान कार्यक्रममा सहजीकरण गरेको थियो । रक्तदान कार्यक्रमअघि विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत गरेका थिए ।