• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय


  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
  • चितवन । भरतपुरको मुख्य सहरी क्षेत्रको केन्द्रमा रहेको चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय बनेको छ । झट्ट हेर्दा निजी शिक्षालयजस्तो देखिने सरकारी विद्यालयमा ८० प्रतिशत विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेका छन् ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीका अनुसार यहाँ पढ्न आउने धेरै विद्यार्थी विपन्न परिवारका छन् । जिल्लाको ग्रामीण भेग तथा अन्यत्रबाट यहाँ आएका कामदारदेखि कर्मचारीका छोराछोरी उक्त विद्यालयमा अध्ययन गर्दछन् । विभिन्न ठाउँबाट सर्दै हाल यो विद्यालय भरतपुर महानगरपालिका–१० मा रहेको छ ।

    “विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ४० प्रतिशत रोजगारीको सिलसिलामा आएका परिवारका सदस्य रहेका छन्”, अध्यक्ष अधिकारीले भन्नुभयो । सात दशक पार गरेको उक्त विद्यालयले विभिन्न उतारचढावका बीच पछिल्ला वर्षमा लय समातेको छ । आर्थिक हिसाबले पनि विद्यालय सम्पन्न छ । सरकारी विद्यालय भएकाले निःशुल्क शिक्षा र शैक्षिक गुणस्तर वृद्धि गरेका कारण विद्यालयमा विपन्न परिवारका विद्यार्थीको आकर्षण बढेको उहाँको भनाइ छ ।

    गत वर्षको एसइईमा ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल उक्त विद्यालय कक्षा १२ को परीक्षामा जिल्लाको सर्वोत्कृष्ट बन्न सफल भएको थियो । अध्यक्ष अधिकारीले भन्नुभयो, “अन्य सामुदायिक विद्यालयले अभिभावकबाट चन्दाका नाममा शुल्क लिएर पठनपाठन गराउने गरेका छन्, यस विद्यालयले निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ ।”

    शिक्षा क्षेत्रमा अनुभव हासिल गर्नुभएका अधिकारीले विगत झण्डै तीन वर्षदेखि यस विद्यालयको नेतृत्व सम्हाल्दै आउनुभएको छ । आफूहरु आएसँगै भौतिक पूर्वाधार निर्माण, आर्थिक पारदर्शीता, कक्षाकोठामा सिसी क्यामरा जडान गरेर अनुगमन, प्रविधिमैत्री शिक्षा जोड दिएसँगै विद्यार्थीको आकर्षण बढेको उहाँले बताउनुभयो ।

    प्रध्यानाध्यापक चिरञ्जीवी शर्माका अनुसार शैक्षिक गुणस्तर कायम गर्दै अघि बढेको यस विद्यालयलमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोसाकदेखि न्यानो कपडासमेत विद्यालयले उपलब्ध गराउँदै आएको छ । उहाँले भन्नुभयो, “कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थी र अन्य कक्षामा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडादेखि विद्यालय पोसाकसम्म हामीले दिन्छौँ ।”

    विद्यालयमा हाल आधारभूततर्फ चार सय ५७ र माध्यमिक विद्यालयतर्फ दुई सय ८५ विद्यार्थी अध्ययनरत छन् । यस्तै सुस्तश्रवण एकाइमा २६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयसँग पर्याप्त जग्गा भएका कारण त्यसैको भाडाले मनग्य आम्दानी गर्दैआएको छ । त्यही आम्दानीबाट विद्यालयले विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा निःशुल्करुपमा उपलब्ध गराउन सकेको छ । उक्त विद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यमबाट पढाइ हुँदै आएको छ । रासस

    शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.