• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

किसान दानाको १४ औं डिपो पांँचथरको फिदिममा


  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
  • चितवन । दाना तथा अण्डा बिक्री वितरण गर्ने किसान दाना उद्योगको १४ औं डिपो पांँचथरको फिदिममा सञ्चालनमा आएको छ । डिपोको उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलले उद्घाटन गरेका हुन् ।

    Advertisement

    किसानको खोरमा उत्पादन भएको अण्डा सोझै उपभोक्ताको भान्सा सम्म पु¥याउने अभियान सहित उद्योगले देशभर डिपो सञ्चालन गर्दै आएको छ । खोरबाट भान्सा सम्म पुग्दा बिभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई सस्तो र ताजा अण्डा पु¥याउन नसकिने भएकाले उद्योगले जिल्ला जिल्लामा आफ्नै डिपो मार्फत अण्डा पु¥याउन थालेको निर्देशक पोख्ररेलले बताए ।
    ‘यसअघि १३ औं बिक्रि डिपो इलाममा सञ्चालनमा ल्याईएको थियो। उनले भने, देशभर कम्तिमा ३० वटा डिपो पुर्याउने लक्ष्य छ ।’ आफ्नो उत्पादन र संकलन भएको अण्डा आफ्नै डिपो मार्फत छिटो, छरितो र सर्वसुलभ रुपमा उपभोक्ताकोमा पु¥याउन डिपो संञ्चालनमा ल्याईएको पोख्रेलले जानकारी दिए ।

    पोख्रेलले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष रुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरेको बताए ।
    डिपो मार्फत् सस्तो र गुणस्तरीय अण्डा उपभोक्तालाई दिन सकिने उनको भनाई छ ।डिपो विस्तारबाट उत्पादक र उपभोक्ताकोबीचमा धेरै तह पार गर्नु पर्ने अवस्थाको अब अन्त्य हुने कम्पनीको दाबी छ ।

    पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ । डिपो खोल्नासाथ मूल्य कम नभए पनि क्रमशः डिपोबाट बिक्री गर्ने अण्डा सस्तो र ताजा हुने उद्योगले जनाएको छ । चितवनमा रहेको किसान दाना उद्योग प्रालिले किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म सिधैँ पु¥याउन सुरु गरेको हो ।
    सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा चार लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक हजार पेटी (दुईलाख दश हजार गोटा) अण्डा उत्पादन हुँदै आएको छ । कम्पनीले ५ सय पेटी (एक लाख पाँच हजार गोटा) अण्डा दैनिक संकलन गर्ने गरेको छ ।

    हाल फार्मबाट आपूर्तिकर्ता, डिलर, सहायक डिलर, साइकल र किराना पसल हुँदै उपभोक्ता कहाँ पुग्ने गरेको छ । उद्योगका निर्देशक विपिन पोखरेलका अनुसार उद्योगले काठमाडौँको नैकाप, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशी, नयाँबजार, सुर्खेतको सनिहिल लाइन, इटहरी, पोखरा, सोलुखुम्बु, ओखढुंगा र इलाममा यस अघिनै बिक्री केन्द्र खोलिएको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । साना भ्यानले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ ।

    नेपालमा नै सबैभन्दा बढी अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ । घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउछ । यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योग लगायतका उद्योग र उत्पादनमा लगानी छ ।

    पोखरेलका अनुसार अण्डा उत्पादन, संकलन, मल उत्पादन, मेस दाना (काँचो दाना) उत्पादनमा यो उद्योग नेपालको अग्रणी हो । पछिल्लो समय पोल्ट्री क्षेत्र संकटमा पर्न थालेपछि यस उद्योगका कार्यकारी निर्देशक पोख्रेलको नेतृत्वमा लेयर्स कुखुरा पालक संघ गठन गरेर अण्डाको बजारी करणको काम भईरहेको हो । कोभिड पछि नेपालमा कुखुरा पालक कृषकहरुको संख्या घट्दो क्रममा रहेको छ ।

    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.