चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीले यही माघ ६ गते अष्ट्रेलिया शैक्षिक मेला गर्ने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थी र डकुमेन्ट्स पुरा गरेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला गर्न लागिएको हो ।
हरेक बर्ष जस्तै यसपटक पनि सबै विद्यार्थीलाई युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंँग सिधा परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला गर्न लागिएको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी दिनुभयो ।‘ हरेक बर्ष जस्तै यसपटक पनि हामीले एजुकेशन फेयर गर्न लागेका छौं, उहांँले भन्नुभयो, यस मेलामा एउटै छानामुनी सबै विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग सिधा परामर्श लिन पाउनेछन ।’
ग्लोबल रिचले अष्ट्रेलियाका ४२ वटा युनिभर्सिटी तथा कलेजसंँग सम्बन्धन लिई परामर्श दिदै आएकोले विद्यार्थीले रोजेको , खोजेको युनिभर्सिटी र विषयमा अध्ययन गर्न सकिने पौडेलले बताउनु भयो ।
पौडेलका अनुसार मेलामा अष्ट्रेलियाका ११ जना युनिभर्सिटी र कलेजका प्रतिनिधिले विद्यार्थीलाई अष्ट्रेलियाका पोलिसी, कानुन, संस्कृति, फि लगायतका जानकारी प्राप्त गर्न सक्नेछन । भरतपुर ओरालोको रोटरी भवनमा गर्न लागिएको मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थीहरु सहभागी हुनेछन । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मेला सञ्चालन हुने पौडेलले बताउनुभयो ।
ग्लोबल रिचले विगत ३३ बर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १७ बर्षदेखि नेपालमा सेवा दिईरहेको छ । ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा,चितवन गरी चारवटा शाखा छन भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा शाखा सञ्चालनमा रहेको पौडेलले जानकारी दिनुभयो ।