गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कूलले शैक्षिकसत्र २०८१÷८२ देखि अत्यधुनिक सुविधा सहितको आफ्नै भवनबाट पढाई सञ्चालन गर्ने भएको छ ।गैँडाकोट नगरपालिका वडा नं. २ शिलान्यासचोक मा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलको नयाँ भवनको आज शिलान्यास गरिएको हो ।
गैँडाकोट २ स्थित नारायणी नदी किनारमा रहेको अक्सफोर्ड कलेज सँगै रहेको जग्गामा बन्ने स्कुलको भवनको गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी र अक्सफोर्ड कलेजका प्राचार्य ई. हरि भण्डारीले संयुक्तरुपमा शिल्यान्यास गर्नुभएको थियो ।
आठकरोड रुपैँयाको लागतमा निर्माण गरिन लागेको पाँचतले पक्की भवनमा २४ वटा सुबिधा सम्पन्न कक्षा कोठाहरू, प्रयोगशाला तथा पुस्तकालयका साथै संगीत तथा नृत्य कक्षाका साथै सम्पूर्ण सुविधायुक्त सभाकक्षको समेत सुविधा उपलब्ध हुने स्कुलले जनाएको छ ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण हुने स्कुलको नयाँ भवनमा प्ले ग्रुपदेखि कक्षा १०सम्मको पठनपाठन सञ्चालन हुने स्कूलका प्रिन्सिपल हरि भण्डारीले बताउनुभयो । ज्येष्ठ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी गैँडाकोटको ओबी इन्जिनियरिङ कम्पनीलाई निर्माणको जिम्मा दिइएको छ ।
भवन शिलान्यास कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष नारायण प्रसाद भण्डारी, कलेजका कार्यक्रम संयोजक तिलकराम पन्थी, प्राध्यापक भिमप्रसाद भण्डारी, अक्सफोर्ड सेकेन्डरी स्कुलका सह प्राचार्य चिरञ्जिवी पोखरेल, शिक्षक अभिभावक संघका अध्यक्ष गुरुप्रसाद सापकोटा, स्कुलका माध्यामिक तह प्रमुख कमल प्रसाद वाग्ले, लेखा प्रमुख नारायण सिग्देल, अग्रेजी विभागका प्रमुख प्रकाश सुवेदी, प्राथमिक तह प्रमुख प्रदिप चौधरी लगायतको उपस्थिति रहेको थियो ।