• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर नगर तामाङ्ग समाजले माघ २७ गते सोनाम ल्होछार मनाउंँदै


  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
  • चितवन । विगतका वर्षहरु जस्तै यस बर्ष पनि तामाङ्ग समुदायको सोनाम ल्होछार तीब्र रुपमा मनाईने भएको छ । भरतपुर नगर तामाङ समाजले यसवर्ष पनि सोनाम ल्होछार पर्व मनाउने तयारी तीब्र पारेको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन पर्ने ल्होछार पर्वमा भोजाडस्थित यसवर्ष पनि छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको समाजले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
    समाजका अध्यक्ष इञ्जिनियर सूर्यप्रकाश लामाले समाजले ल्होछारलाई विशेष बनाउनका लागि राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरु मार्फत सांस्कृतिक कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको बताउनु भयो । समाजले २०६६ सालदेखि हरेक वर्ष ल्होछार पर्व मनाउँदै आएको छ ।

    Advertisement

    यही माघ २७ गते विशेष कार्यक्रम आयोजना गरेर सोनाम ल्होछार पर्व मनाउने तयारी गरिएको हो । छेच्यु थर्पलिङ गुम्बामा बिहानैदेखि पूजापाठ चल्ने पनि समाजले जनाएको छ । कार्यक्रममा करिब चार हजारको हाराहारीमा मानिसहरुको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।

    भरतपुर महानगरपालिकाभित्र करिब आठ हजारको हाराहारीमा जनसङ्ख्या रहेको तामाङ समुदाय समाजमा भने करिब ३०० जना आवद्ध छन् । तर, ल्होछारका दिन समाजमा आबद्ध भएका र नभएका सबैलाई उपस्थित भइदिन समाजले आग्रह गरेको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि भरतपुर महानगरपालिकाभित्र रहेका विभिन्न समाज तथा गुठीहरुको सहआयोजनामा ल्होछार मनाउन लागिएको हो ।

    ल्होछार पर्व नेपालको पहाडी आदिवासी समुदायले मनाउने प्रमुख सांस्कृतिक पर्व हो । तामाङसहित गुरूङ, र शेर्पा जातिले ल्होछार विशेष तरिकाले मनाउने गर्दछन् । तर, पछिल्लो समय भने ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायतका समुदायले पनि फरक–फरक मितिमा ल्होछार मनाउन थालेका छन् ।

    मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.