• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

२८ गतेबाट सुरु हुने सौराहा फुड फेस्टिबलकाे तयारी अन्तिम चरणमा


  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
  • रत्ननगर । चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । फेस्टिवलमा खाना, संगित र संस्कृति मार्फत पर्यटकलाई आर्कषित गरिदै छ । सफारी पर्यटनको हिसावले विश्वमा परिचित सौराहालाई परम्परागत खाना र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । सौराहामा हात्ती सफारी मार्फत दुर्लभ वन्यजन्तु अबलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउछन् ।

    Advertisement

    सौराहा मुलुकको तेस्रो पर्यटकीय गन्तव्य हो । विकास हुँदै गएको सौराहाका व्यवसायीहरुले पर्यटक भित्र्याउन यहाँ दुई महत्वपूर्ण कार्यक्रम बार्षिक रुपमा गर्दै आएका छन् । क्षेत्रीय होटल संघ चितवनले हात्ती तथा पर्यटन महोत्सव र रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनले सांस्कृति फुड फेस्टिबल आयोजना गर्दै आएको छ ।

    सौराहा आउने पर्यटकहरु हात्ती सफारीसंगै यहाँको परम्परागत आदिबासी समुदायको खाना, संगित र संस्कृतिसंग रमाउने गरेका छन् । यतिबेला सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सफारीको अलबा स्थानीय खाना र संस्कृतिसंग रमाउने बाताबरणको तयारीमा व्यवसायीहरु छन् । हात्ती सफारीसंगै पर्यटकहरु आदिबासी समुदायको खाना, संस्कृति र नेपालीमा चल्ने संगितहरु सुन्न मन पराउछन रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले भने खाना, संगित र संस्कृति मार्फत सौराहामा पर्यटक भित्र्याउदै छौं । पाँच दिन सम्म चल्ने फुड फेस्टिबलमा पर्यटकका लागि परम्परागत खाना परिसरमै उपलब्ध गराइने छ । पर्यटकलाई खानाको स्वादसंगै गीतसंगितसंग रमाउने बाताबरण तयार गर्दै छौं उनले भने फेस्टिबल परिसरको अलवा सौराहाको मुख्य बजारहरुमा विभिन्न जातजातीका झाँकी प्रस्तुत गरिने छ ।

    फेस्टिबल परिसरमा खाना तथा गीतसंगित चलिरहदा सौराहाको बजार क्षेत्रमा दैनिक रुपमा लोभलाग्दा झाँकीहरु प्रस्तुत हुनेछन् । सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा यसपटकको फेस्टिकलको मुख्य आर्कषण हो । फेस्टिबलको संस्कृति कार्यक्रम तर्फ राष्ट्रिय स्तरका कलाकार र चर्चित व्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना हुने फेस्टिबलको संस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरुको प्रस्तुती तथा विभिन्न खानाका परिकारहरुसंग रमाउने बाताबरण यहाँका व्यवसायीहरुले तयार गरिरहेका छन् । यस पटक फेस्टिबलको स्थान परिर्वतन गरी बसपार्क जाने सडकको उत्तरतर्फको खाली जमिनमा गरिदै छ । फेस्टिबललाई भव्य बनाउन व्यवसायीहरुले बछौलीचोक देखि सौराहा सम्मको क्षेत्रलाई सिंगारेका छन् । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष गिरीले जानकारी दिए ।

    समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेस्टिबलका संयोजक सुर्यबहादुर रिमालले जानकारी दिए ।

    फेस्टिबल अन्तर्गत स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता हुनेछ । दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौंले जानकारी दिए ।

    रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

    शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.