चितवन । गौरीशंकर युबा क्लब माडीको आयोजना तथा पुरानो मेडिकल कलेज चितवनको प्राविधिक सहयोगमा माडी नगरपालिका वडा नम्बर ७ किर्तनपुरमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा पहुंँच पुर्याउने उद्धेश्य सहित आज निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । माडी नगरपालिकाको समन्वयमा उक्त शिबिरबाट करिब ४०० जनाले स्वास्थ्य सेवा लिएको क्लबका संरक्षक युवराज न्यौपानेले जानकारी दिए ।
पुरानो मेडिकल कलेजका तर्फबाट प्राडा बालकृष्ण कालाखेती, डा विकास बिक , डा. बिनिता शाह, डा. आयाम गौतम,डा तारा शर्मा, डा. रमा कट्वाल,डा मिरा कक्षपति, डा राम पौडेल,डा नेहा गुप्ता, डा रोबिन दहाल, डा आशिश ठाकुर, डा.सफल राजभण्डारी, डा समिल्सन मानन्धर, डा कृति शाह, डा अभिषेक खरेल , डा अभिक्षा बस्नेत, सुशील यादव,रुक्साना मिया,सलिका जोशी,केशव ठाकुर,काजोल कुसवाहा, बिकाश रौनियार ,रामनारायन यादव आदिले बालरोग,स्त्रीरोग ,जनरल फिजिसियन, हाडजोर्नी तथा नशारोग,नाक कान तथा घांँटी रोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेका थिए।
सो अवसरमा बोल्दै विशिष्ट अतिथी प्राडा बरिस्ठ बालरोग विशेषज्ञ कालाखेतीले माडी आएर सेवा गर्ने अवसर प्रदान गरेको भन्दै आयोजकप्रति आभार प्रकट गरे ।
यसअघि पनि अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य तथा सचेतना सम्बन्धी बिभिन्न कार्यक्रमहरु सञ्चालन तथा सहकार्य गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु अझ प्रभावकारी र उपयोगितामुलक ढंगले संचालन गर्दै लैजाने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताए ।
शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माडी ७ का अध्यक्ष चन्द्रकुमारी बानियाँले गरेकी थिइन भने अध्यक्षता क्लबका अध्यक्ष मुक्ती अधिकारीले गरेका थिए
निःशुल्क स्वास्थ्य शिविरमा सान्वी फर्मा, बिश्वास फार्मेसी र गौरीनगर टोल विकास संस्था र कालिका टोल विकास संस्था लगायतले सहयोगी संस्थाको रुपमा सेवा प्रदान गरेका थिए ।