• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

धार्मिक पर्यटनको विकास गर्न देवघाटमा धर्मजागनी ज्ञानमहायज्ञ


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • सर्बजीत थापामगर ,चितवन । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको आयोजनामा देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा महायज्ञ हुने भएको छ । देवघाटको धार्मिक पर्यटन विकास तथा विभिन्न धर्मका भक्तजन र श्रद्धालुबीच भाइचारा सम्बन्ध कायम गर्ने उद्धेश्य सहित श्रीकृष्ण प्रणामी धर्मजागनी ज्ञानमहायज्ञ गर्न लागिएको हो । पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल समारोह समितिका संयोजक राजेन्द्र प्रसाद रिजालले देशकै कलात्मक तथा ऐतिहासिक मन्दिरलाई राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा चिनाउन र देवघाटको धार्मिक पर्यटन विकास गर्ने उद्धेश्यसहित ज्ञानमहायज्ञ गर्न लागिएको बताउनुभयो ।

    Advertisement

    फागुन १७ देखि २३ गतेसम्म चल्ने ज्ञानमहायज्ञको उद्घाटन प्रमुखअतिथि श्रीकृष्ण प्रणामी धर्मको आद्यधर्मपीठ श्री ५ नवतनपुरीधाम जामनगर, गुजरातका वर्तमान पीठाधीश्वर अनन्त श्रीविभूषित जगद्गुरू आचार्य कृष्णमणिजी महाराजबाट हुने रिजालले जानकारी दिनुभयो ।
    प्रथम नेपाली महिला भागवत कथाव्यास विदुषी तारा घिमिरे माताजीले देवघाटको पर्यटन प्रवद्र्धन र भरतपुर भ्रमण वर्षको अवसरमा उक्त कार्यक्रमले थप टेवा पुग्ने आशा लिएको बताउनु भयो ।

    उहांँका अनुसार गुजरातका वर्तमान पीठाधीश्वर अनन्त श्रीविभूषित जगद्गुरू आचार्य श्री कृष्णमणिजी महाराजलगायत श्री ५ महामंगलपुरीधाम सुरतका गादीपति अनन्तश्री विभूषित जगद्गुरू आचार्य सूर्यनारायणदासजी महाराज, श्री ५ पद्मावतीपुरीधाम मन्दिर ट्रष्टका संरक्षक एवम् स्वामी सदानन्द चेरिटेबल ट्रष्टका संरक्षक श्री १०८ स्वामी सदानन्दजी महाराज, गलेश्वर आश्रमका १००८ महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज, हरिहर सन्न्यास आश्रमका श्री १००८ स्वामी ज्ञाननन्द सरस्वतीजी महाराज तथा महेश सन्न्यास आश्रमका १००८ स्वामी रमणनन्द गिरीजी महाराजको सहभागिता रहनेछ ।
    देश तथा विदेशबाट करिब ४० भन्दा बढी मठाधीशहरुको विशेष उपस्थितिमा आशीर्वचन प्रदान हुने आश्रमका तत्कालीन संस्थापक अध्यक्ष श्यामजी अतिथिले बताउनुभयो । महायज्ञमा दैनिक १५ हजार देखि २० हजार सम्म भक्तजन आउने विश्वास आयोजकको छ ।

    फागुन १४ गते बिहानदेखि श्रीकृष्ण प्रणामी मन्दिर, टिकौलीबाट भरतपुर, आँपटारी, रामनगर, ठिमुरा हुँदै देवघाट आश्रमसम्म मोटरसाइकल ¥याली हुने मूल समारोह समितिका महासचिव चेतप्रसाद सेढाईंले बताउनुभयो । उहांँले फागुन १६ गते शोभायात्रा हुने र उपसमितिको नेतृत्वमा देवघाट क्षेत्रको परिक्रमा गरिने बताउनु भयो ।

    पाँच करोडको लागतमा मन्दिरको निर्माण कार्य भइरहेको छ । निर्माणको काम ९५ प्रतिशत पूरा भएको मन्दिर समितिले जनाएको छ । समितिका अनुसार १८ रोपनी जग्गामा फैलिएको यस मन्दिर कलात्मक छ । देशभरमै देवघाटमा रहेको प्रणामीको यस मन्दिरलाई चौथो ठूलो मन्दिरको रुपमा लिइएको छ ।

    प्रथम नेपाली महिला भागवत कथाव्यास विदुषी सुश्री तारा घिमिरे माताजीको प्रमुख संस्थापक संरक्षकत्वमा र तत्कालीन संस्थापक अध्यक्ष श्यामजी अतिथिको नेतृत्वमा चितवन र तनहुँका भक्तजन तथा सुन्दरसाथजीहरुको सक्रियतामा २०६३ सालमा प्राणनाथ अनाथ सेवा आश्रम विधिवत्रुपमा स्थापना गरिएको हो ।
    आश्रमको स्वामित्वमा रहेको करिब १० रोपनी जमिन परिसरमा भव्य कलात्मक, भव्य, दिव्य तथा अति सुन्दर राजश्यामाजीको श्रीकृष्ण प्रणामी मन्दिर, श्रीकृष्णकृपाधाम, श्रीबाइजुराज सामुदायिक भवन, कलात्मक शैलीको प्रवेशद्वार, सन्त निवास, भोजनालयजस्ता संरचनाहरु भक्तजन तथा सुन्दरसाथजीहरुको सहयोगमा निर्माण सम्पन्न भएको छ ।

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.