• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मंगोल नेसनल अर्गनाईजेसनको जागरण अभियान , ‘अब मंगोलको विकल्प छैन’


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • चितवन । मंगोल नेसनल अर्गनाईजेसन पार्टीको मंगोल जागरण अभियान तथा केन्द्रिय आम भेला चितवनको भरतपुरमा सम्पन्न भएको छ ।
    अर्गनाइजेसन पार्टी, भरतपुर महानगरपालिकाले भरतपुर वडा नम्बर २०स्थित माइलीचोकमा आयोजना गरेको भेलामा केन्द्रिय , प्रदेश तथा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    अर्गानाइजेशनले आफ्नो मंगोलबासीको हक, अधिकार र अस्तित्वको रक्षा गर्न केन्द्रिय स्तरको भेला राखेको जनाएको छ ।
    भेलामा बोल्दै प्रमुख अतिथि तथा अर्गनाईजेसनका केन्द्रिय सचिव सन्तोष तामाङ्गले मंगोलबासीलाई जागरुक बनाउन र सचेतना गराउन भेला उपलब्धीमुलक हुने बताउनु भयो । नेपालको ऐतिहासिक राजनैतिक, आर्थिक सामाजिक विकासमा मंगोलबासीको ठुलो योगदान रहेको बताउंँदै यसलाई आम जनतामाझ पुर्याउन पनि भेला आबश्यक रहेको बताउनु भयो । आफूहरु सदियौंदेखि पिल्सिदै र उत्पीडनमा परेकोले अब एकजुट भएर अघि बढ्ने समेत उहाँको भनाई थियो । ‘अब ४०० बर्षदेखि हामी हिन्दु र आर्यको चपेटामा पर्यौं अब हामी एकजुट हुने बेला आएको छ ।’उहांँले भन्नुभयो । ३५ बर्षदेखि राष्ट्रका मुख्य दलहरुलाई सहयोग गर्दै आएपनि उनीहरुले मंगोलबासीलाई वेवास्ता गर्दै आएको बताउनु भयो ।

    केन्द्रिय प्रचार प्रसार विभागका सचिव श्याम लिम्बुले मंगोलबासी अब राजनैतिक चेतना बिना अघि बढ्न नसक्ने बताउनु भयो । ‘तपाई शिक्षामा अब्बल हुनुस , जतिसुकै धनसम्पत्तिमा सम्पन्न हुनुस राजनीतिक चेतना भएन भने ह जहांँको त्यही हुनुहुन्छ ।’ लिम्बुले भन्नुभयो । उहांँले मंगोलबासीको बाहुल्यता ८० प्रतिशत नेपालमा भएपनि २० प्रतिशत आर्य र बाहुन समुदायले वर्चस्व कायम गर्दै आएकोले अबको राष्ट्रिय राजनीतिमा सक्रिय रुपमा सबै मंगोलबासी लाई आग्रह गर्नुभयो ।
    अन्य दलले मंगोलहरुको चेतनास्तर कमजोर बनाईदिएकोले आफुहरु पछि परेको उहांँको भनाई थियो ।

    केन्द्रिय प्रवक्ता रिन्छेङ्ग तामाङ्गले शासकको जत्तिकै राजनीतिक चेतना नागरिकमा हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा अन्य केन्द्रिय सदस्यहरु प्रविना थापामगर, टेक बहादुर तामाङ्ग, प्रतिक्षा तामाङ्ग,कल्पना चौधरी , एन श्रेष्ठ लगायतले देशमा व्यवस्था परिवर्तन भएपनि मंगोलबासीको अवस्था परिवर्तन नभएको भन्दै अबको निर्वाचनमा एक ढिक्का भएर सहभागी हुन आग्रह गर्नुभएको थियो । उनीहरुले चीन लगायतका मुलुकमा मंगोलबासीको उदय भएको तर नेपालमा सधै हेपिएकोले माथि उठ्न नसकेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिनु भएको थियो ।

    ठूला राजनीतिक दलले जनताको अवस्था परिवर्तन गर्न नसकेको बताउंँदै आगामी दिनमा मंगोलबासीको बिकल्प नरहेको बताउनु भएको थियो ।

    कार्यक्रममा बागमती प्रदेशका फणिन्द्र गुरुङ्ग, गण्डकी प्रदेशका नवीन घले, चितवनका अध्यक्ष भीम बहादुर घले, भरतपुरमहानगर प्रवक्ता मेकना तामाङ्ग ,सचिव सुरेश लामा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा विभिन्न दल छाडेर सय भन्दा बढी मंगोलबासी पार्टी प्रवेश गर्नुभएको थियो ।

    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.