चितवन । किड्स वल्ड मन्टेश्वरी भरतपुरको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको आफ्नै मन्टेश्वरी परिषरमा “नारी पुरुष सरोबरी,संधै भरी बरोबरी” नारा सहित १ दिने नारी दिवस कार्यक्रम सम्पन्न भएको हो ।
मन्टेश्वरीले आयोजना गरेको कार्यक्रममा महिला अधिकारकर्मी मीना खरेल, शिक्षाकर्मी इन्दिरा कार्की,मनोपरामर्शदाता पारु पाण्डे लगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले दिवसमा मात्रै नारा र महिला हक,अधिकारको कुरामा मात्रै जोडबल नगरी सुखी परिवार, समतामुलक समाज निर्माणमा लाग्नुपर्ने बताउनु भएको थियो । सबल राष्ट्र निर्माण गर्न महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भएर अगाडि बढ्नु पर्ने उहांँहरुको भनाइ थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत बालाबालिकाहरुको ७० जना भन्दा बढी महिला अभिभावकहरुको सहभागिता रहेको थियो । सो अवसरमा अभिभावक बीच महिला जागरण र सचेतना सहितको विविध कार्यक्रम गरिएको मन्टेश्वरीकी प्राचार्य निरु खतिवडाले जानकारी दिनुभयो ।
किड्स वल्ड मन्टेश्वरी भरतपुर महानगरपालिका वडा नं. १२ मुनालचोकमा विगत ७ वर्षदेखि नियमित संचालनमा आइरहेको शैक्षिक संस्था हो । यस मन्टेश्वरीमा बालमैत्री पठनपाठनमा विशेष ध्यान दिइने हुँदा अभिभावकहरुको रोजाईको शैक्षिक संस्थामा पर्दछ । अन्तराष्ट्रिय नारी दिवु यही (मार्च ८) अर्थात् फाल्गुन २५ गते शुक्रवार विश्वभर मनाइंदै छ ।