• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित


  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
  • चितवन । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन् । शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरु उत्साहित भएका हुन् ।

    Advertisement

    नेपाली औषधि उत्पादक सङ्घ (एपोन)ले आयोजना गरेको उक्त एक्स्पोको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले नेपालको भूगोल, परिवेश र हावापानीमा हुने रोगलाई दृष्टिगत गरेर औषधि उत्पादन गरे स्वदेशी उत्पादनको खपत बढ्ने बताउनुभयो । सरकार र निजी क्षेत्रबीच खाडल रहेको भन्ने भ्रम चिर्दै सकारात्मक रुपमा अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

    औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले हाम्रो औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै सबैले सफा नियतले काम गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादक, चिकित्सक र राज्यले नेपाली औषधिलाई सकारात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभयो ।

    एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजङ्ग पाण्डले औषधिका आधारभूत कुरामा अल्झनभन्दा विश्व बजारमा कसरी पु¥याउन सकिन्छ भन्नेबारे छलफल गर्नुपर्ने बताउनुभयो । एपोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले खुला अर्थ बजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताउनुभयो । औषधिको मूल्य बजारले नै निर्धारण गर्ने उहाँको भनाइ थियो ।

    नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले औषधि उद्योगलाई दिगो बनाउन चुनौती रहेको बताउनुभयो । उहाँले औषधि उद्योगलाई दिगो बनाउनका लागि नीतिभन्दा पनि नियत खराब रहेकाले फस्टाउन समस्या रहेको बताउनुभयो । कार्यक्रममा आयुर्वेद औषधि उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डे, नेपाल औषधि व्यवसायी सङ्घ (एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल, नेपाल फर्मास्युटिकल एसोसिसनका अध्यक्ष ललितमोहन पन्थ लगायतले नेपाल औषधि व्यवसायबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।

    एक्स्पो संयोजक प्रभात रुङ्गटाले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ एक्स्पो सुरु भएको बताउनुभयो । यही फागुन २७ गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा १६० कक्ष रहेका छन् । नेपाल, भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मनी, चीनलगायत देशले औषधि उत्पादनमा प्रयोग गर्ने उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिका कक्ष राखिएका छन् । नेपाली उद्योगले उत्पादन गरेका औषधि विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम छन भन्ने बुझाउन एक्स्पो आयोजना गरिएको सङ्घका उपाध्यक्ष सन्तोष बरालले बताउनुभयो ।

    शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.