• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

होटल व्यवसायी संघ चितवनले शुरु गर्यो तीन महिने रैथाने कुक तालिम


  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
  • भरतपुर । होटल व्यवसायी संघ चितवनको आयोजना तथा होटल व्यवसायी महासंघको समन्वय र ब्रिटिस काउन्सिल टिईभिटी÷पिपिपि प्रोजेक्टको सहयोगमा तीन महिने रैथाने नेपाली कुक तालिम सुरु भएको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)को अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य एंव तालिमका संयोजक पुजन कोइरालाले स्वागत मन्तव्य सहित तालिमको वारेमा जानकारी गराउनु भएको थियो ।
    भरतपुर ४ यज्ञपुरी स्थित ग्यालेक्सी गार्डेन रिर्सोटमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथि रहनु भएको थियो ।

    Advertisement

    कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी चुकेले महासंघको समन्वयमा ब्रिटिस काउन्सिल टिईभिटी÷पिपिपि प्रोजेक्टको सहयोगमा पहिलो चरणमा होटल व्यवसायी संघ चितवनमा उक्त तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो । तालिमले क्षमता र दक्षता विकास गर्ने हुँदा तालिमलाई भरपुर उपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो । पछिल्लो समय होटलहरुमा दक्ष कुकको अभाव रहेको बताउँदै तालिम दक्ष कुक उत्पादन हुने अपेक्षा गर्नु भयो । भरतपुर भ्रमण वर्षको लागि चितवनका होटलमा दक्ष जनशक्तिको आवश्यकता रहेको वताउँदै चुकेले तालिम लिएकाहरुले अवसर पाउने वताउनु भयो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले तालिम लिनु मात्रै ठुलो कुरा नभएको वताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नु मुख्य कुरा भएको वताउनु भयो । भरतपुर महानगरपालिका ४ का वडा अध्यक्ष अर्पण पोखरेलले भरतपुर भ्रमण वर्षको अवसरमा तालिम आयोजना गरेकोमा होटल व्यवसायी संघ चितवनलाई धन्यवाद ज्ञापान गर्नु भएको थियो ।

    भरतपुर भ्रमण वर्ष सफल बनाउन सवैको साथ, सहयोग र सहभागिता आवश्यकता रहेको वताउँदै पोखरेलले संघलाई महानगरपालिकाको तर्फवाट गर्नु पर्ने सहयोगको लागि प्रतिवद्ध रहेको वताउनु भयो । सो अवसरमा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक श्रीराम गिरी लगायतले वोल्नु भएको थियो । तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

    मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.