• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागिता हुँदा डिआरएसँंग भेट्न पाइने


  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित
  • चितवन । पब्जी खेल युवा पुस्ता माझ निकै नै लोकप्रिय छ । पछिल्लो समय यो खेल व्यवसायीक समेत बन्दै गइरहेको छ । यही खेलमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धामा उत्रिएको नेपाली टोली हो डिआरएस । यो समूह केही समय पहिले सम्पन्न एसियाडमा समेत सहभागिता जनाएको थियो । पब्जी खेलेरै विश्वमा तहल्का मच्चाउँदै आइरहेका डिआरएस गेमिङ टिमका खेलाडीलाई भेट्न धेरै युवाहरु उत्सुक देखिन्छन् । अब त्यो उत्सुकता हट्ने भएको छ ।

    Advertisement

    एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा हुन गइरहेको एक्सपर्ट एजुकेशन कन्क्लेभ (शैक्षिक मेला)मा सहभागि हुनेहरुले डिआरएस गेमिङ टिमका खेलाडीहरुसंग भेटघाट गर्न पाउने छन् । एक्सपर्टको भरतपुर–१०, स्थित बेस क्याम्पमा यही चैत ५ गते सोमबार हुने एक्सपर्ट एजुकेशन कन्क्लेभमा डिआरएस गेमिङ टिम आउँदैछन् । उनीहरुले युवाहरुसंग अन्तरक्रिया गर्नुको साथै फोटो सेशन समेत गर्नेछन् । त्यसका अलवा कार्यक्रममा सहभागिहरुले लक्की ड्र मार्फत खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी खेलाडीहरुकै हातबाट पाउने छन् ।

    डिआरएस गेमिङ टिम भरतपुर आउनुअघि ४ गते एक्सपर्ट हेटौंडाको कार्यालयमा युवाहरुसंग अन्तरक्रिया तथा भेटघाट गर्नेछन् । सोही दिन दिउँसो रत्ननगर बकुलहरस्थित एक्सपर्टको कार्यालयमा समेत युवाहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
    डिआरएस गेमिङ टिम हेटौंडा र चितवनका दर्शक तथा शुभेच्छुकहरुसंग भेट्ने अवसर मिलेकोमा उत्साहित देखिन्छ । डिआरएस टिमले एक भिडियो सन्देश जारी गर्दै कार्यक्रममा सहभागि हुन सबै युवाहरुमा आह्वान गरेको छ । भिडियो सन्देशमा भनिएको छ–‘एक्सपर्ट एजुकेशनले तपाई र हामीलाई एकै ठाउँमा ल्याउँदैछ, हाम्रो टिम मेम्बरहरुसंग भेटघाट र रमाइलो गर्न तयार रहनुहोला ।’

    एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पब्जी खेल युवा पुस्ताहरुमाझ लोकप्रिय भएकाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीहरुलाई चितवनका युवाहरुसंग भेट्ने र अन्तरक्रिया गर्ने वातावरण मिलाइएको बताए । ‘डिआरएसका धेरै शुभचिन्तकहरु चितवन र हेटौंडामा छन्, उनीहरु सबैलाई भेट्ने र अनुभव साट्नका लागि एक्सपर्टले डिआरएस टिमलाई निम्ताएको हो, एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागि हुने युवाहरुले लक्की ड्र मार्फत खेलाडीहरुकै हस्ताक्षरसहितको खेल जर्सी समेत उपहार पाउने छन्, कार्यक्रममा धेरै युवाहरु सहभागि हुनेमा हामी विश्वस्त छौं ।’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

    एक्सपर्ट एजुकेशन कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड र आयरल्याण्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श पाउने छन् । विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु आउँदा विद्यार्थी तथा अभिभावकहरुले आफूसंग सबै जिज्ञाशाको समाधान पाउने छन् । त्यसले गर्दा वैदेशिक शिक्षा सहज हुने एक्सपर्टको विश्वास छ ।
    अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

    शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.