चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० , भरतपुर ओरालो स्थित रोटरीको नवनिर्मित भवनमा शैक्षिक परामर्श संस्था ग्लोबल रिचले आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ ।
सोमबार ग्लोबल रिचले एक कार्यक्रमका बीच औपचारिक रुपमा शाखा स्थानान्तरण गरिएको जानकारी दिएको हो । यसअघि यो शाखाले नारायणगढको शहिदचोकबाट सेवा दिंँदै आएको थियो ।
सो कार्यक्रममा ग्लोबल रिचका नेपाल प्रमुख नारायण बजाज , समाजसेवी ,विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै बजाजले आईएलटीस, पिटीई कक्षा सञ्चालन गर्नुका साथै गुणस्तरीय परामर्श दिने उद्धेश्य सहित शाखा स्थानान्तरण गरिएको बताउनु भयो । ‘यसअघिको कार्यालयबाट सहज रुपमा काम गर्न अप्ठेरो थियो, बजाजले भन्नुभयो , त्यसैले विद्यार्थीहरुको चाप , माग र अभिभावकहरु चाहना बमोजिम यो सुविधा सम्पन्न भवनमा सरेका हौं । ’
चितवन शाखाका प्रमुख सुरेश पौडेलले नयांँ भवनमा सरेसंँगै सहज र सेवा विस्तार गर्न लागिएको बताउनु भयो । अब यो रोटरी भवनमा सरेसंँगै आइएलटीस। पीटीईका कक्षाहरु पनि सञ्चालन हुनेछन, अन्य विद्यार्थीलाई आवश्यक पर्ने सेवाहरु पनि थप गर्दै लैजानेछौं । नयांँ भवनमा शान्त वातावारण, प्रशस्त स्पेस, पार्किङ्ग सहितको सेवा सुविधा रहेको पौडेलले जानकारी दिनुभयो । चितवन, नवलपरासी, मकवानपुर, गोर्खा , लमजुङ्ग लगायतका जिल्लाहरुलाई केन्द्रित गरी सुविधासम्पन्न भवनमा स्थानान्तरण गरिएको पौडेलको भनाईृ छ ।
ग्लोबल रिचले विगत ३३ बर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १७ बर्षदेखि नेपालमा सेवा दिईरहेको छ । ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा,चितवन गरी चारवटा शाखा छन भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा शाखा सञ्चालनमा रहेको पौडेलले जानकारी दिनुभयो ।