• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अन्र्तराष्ट्रिय पहुंँच विस्तार गर्दै भरतपुरको आरम्भ कलेज


  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
  • चितवन । पछिल्लो समय चितवनमा विभिन्न संकाय र बिषयका कलेजहरु खुल्ने क्रम बढ्दो छ । चितवन देशकै केन्द्र भएको र शैक्षिक हबको रुपमा विकास हुंँदै गएकोले पनि यहांँ विभिन्न संकायका कलेजहरु खुलेका हुन् । यी कलेजहरुको भीडमा पनि यहांँ केही कलेज मात्र स्थापित र विद्यार्थीहरुको रोजाईमा पर्ने गर्छन । ती मध्येपनि भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको आरम्भ कलेजले छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ ।

    Advertisement

    गत शैक्षिक सत्रबाट मात्र स्नातक बीआइएम (ब्याचलर अफ इन्फर्मेसन मेनेज्मेन्ट) र बीएचम( ब्याचलर अफ होटल मेनेज्मेन्ट) का कक्षाहरु सञ्चालन गरेको कलेजमा क्षमता भन्दा तेब्बर बढी विद्यार्थीले आवेदन भरेको कलेजले जनाएको छ । विगत लामो समयदेखि अध्यापन गर्दै आउनु भएका दक्ष तथा अनुभवि शिक्षकद्धारा अध्यापन गरिने भएकोले पनि आरम्भ कलेजमा विद्यार्थीको आकर्षण बढेको हो ।
    कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बिआइएम र बिएचएम संकायमा विद्यार्थीको अत्यधिक आकर्षण रहेको बताउनु भयो । ‘कलेज अध्ययन अध्यापन गरेको पहिलो बर्ष सिट क्षमता भन्दा तेब्बर वढीको आवेदन पर्यो प्रिन्सिपल सिवाकोटीले भन्नुभयो, यो संकाय पढ्दै कमाउंँदै गर्ने भएकोले पनि आकर्षण बढेको हो ।’

    शिवाकोटीका अनुसार बिआइएम ६६ वटा सिट रहेकोमा २१५ जनाले आवेदन दिएका थिए भने बिएचएम पनि ६६ वटा सिट संख्या रहेकोमा २१५ जनाले आवेदन दिएका थिए । २१ औं शताब्दीमा यो संकाय स्वदेश तथा विदेशमा सजिलै रोजगार पाउने भएकोले पनि विद्यार्थीको आकर्षण बढेको उहांँको भनाई छ ।
    कलेजले हालसम्म ९ वटा जिल्लाका २हजार सातसय विद्यार्थीहरु बीच प्रत्यक्ष भेटघाट, अन्तरक्रिया, तालिम गरिएको र अन्य कलेजका ३७५ जना प्रिन्सिपल, भाइस प्रिन्सिपल, शैक्षिक अगुवा, संचालक समितिका अध्यक्ष संँग समेत अन्तरक्रिया गरिएको उहांँले जानकारी दिनुभयो ।

    कलेजमा अध्ययन गरिएका प्रथम सेमेष्टरका बीआइएम र विएचमका विद्यार्थी मध्ये ५० प्रतिशत बिएचएम र बीआइएमका ४० प्रतिशत विद्यार्थीले इन्टर्नसिप संँगै रोजगार प्राप्त गरेको उहांँले बताउनु भयो ।

    बीआइएमका पढ्ने विद्यार्थीले ईन्सुरेन्स, वित्तिय संस्था , विभिन्न उद्योग, आइटी कम्पनी लगायत आउट सोर्सिङ्ग समेत गर्न सकिने भएकोले यस संकायप्रति आकर्षण बढेको कार्यक्रम प्रमुख जेपी भुषालले जानकारी दिनुभयो । स्वदेश तथा विदेशमा समेत सजिलै काम र उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति पाईने भएकोले यस संकायप्रति आकर्षण बढेको भुषालको भनाई छ ।
    कलेजमा सैद्धान्तिक शिक्षासंँग व्यवहारिक शिक्षाको लागि अत्यधुनिक प्रयोगशाला, लाइब्रेरी, सेमिनार हल, यथेष्ट पार्किङ्ग लगायतको सुविधा छ ।

    प्राचार्य सिवाकोटीले चितवनलाई अध्ययनको हब बनाउने योजना रहेको उहांँले बताउनु भयो । ‘विदेशबाट समेत विद्यार्थी पढ्न आउन भन्ने हेतुले हामीले गृहकार्य गरिरहेका छौं, उहांँले भन्नुभयो, यसका लागि विदेशका केही कलेज तथा युनिभर्सिटीसंँग समझ्दारी पनि भईसकेको छ ।’

    नेपालबाट विदेशमा विद्यार्थी पढ्न पठाउनु भन्दा विदेशबाट नेपाल पढ्न आउने वातावरण र गुणस्तरीय शिक्षा दिन कलेज लागि परेको उहांँको भनाई छ । ‘स्वदेशको पैसा स्वदेशमै रहन्छ, विदेशी पैसा भित्रिन्छ, उहांँले भन्नुभयो, क्रेडिट ट्रान्सफर गर्न मिल्नुको साथै यसबाट नेपाललाई शिक्षाको अध्ययनको केन्द्र बनाउन सकिन्छ भन्ने हाम्रो उद्धेश्य हो ।’

    शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.