चितवन । घर बहाल उपभोक्ता मञ्च चितवनले घर बहाल सरोकार महासंघको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनवाट निर्वाचित पदाधिकाहरुलाई वधाई एवं सम्मान गरेको छ । घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष जनकलाल कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष नवराज न्यौपाने, उपाध्यक्ष तारा प्रसाद तिवारी, सचिव सुरेन्द्र केसी, केन्द्रिय सदस्य हरि भट्टलाई बधाई तथा सम्मान गरिएको हो ।
मञ्चका अध्यक्ष जनकलाल कट्टेल, सस्थापक अध्यक्ष हेमराज पौडेल, पुर्व अध्यक्ष हरि शर्मा लगायतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका घरबहाल सरोकार महासंघका अध्यक्ष न्यौपानेले घर बहाल कर घरधनीले नै तिर्नुपर्नेमा जोड दिए । ‘जसले आम्दानी गर्छ उसले कर तिर्ने हो, उनले भने, करको दर भन्दा पनि दायरा वढाउने तर्फ सरकारले ध्यान दिनुपर्छ ।’
कार्यक्रममा घरबहाल उपभोक्ता मञ्च चितवनका प्रथम उपाध्यक्ष विक्रम सापकोटाले घर, सटर, कोठा तथा जग्गा बहालमा लिएर व्यवसाय गर्दै आएका व्यवसायी र घर तथा जग्गा धनीको विचमा उत्पन्न विवाद समाधान मञ्चले गर्दै आएको बताए । उनले प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष गणेश प्रसाद उपाध्याय पौडेल, उपाध्यक्ष दिपा शाही, सदस्यहरु सन्तोष देवकोटा, यज्ञ बहादुर कार्की, अर्जुन लामिछाने, नवराज सुवेदी, जित बहादुर विक, अनिता शाक्य लगायतको सहभागिता रहेको थियो ।