• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनमा जलवायु परिवर्तन बारे स्थानीय युवा र संचारकर्मी संँग अन्तरक्रिया


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • चितवन । चितवनमा जलवायु परिवर्तनको कारण र असरबारे अन्तरक्रिया गरिएको छ । युनेस्को र क्लाइमेट एक्सन च्याम्पियन नेटवर्कको आयोजनामा आज भरतपुरमा स्थानीय युवा र सञ्चारकर्मीसंँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा युनेस्का संस्थाकी कार्यक्रम संयोजक एवं युनेस्कोका प्राकृतिक विज्ञान अधिकृत सिजल पोख्रेल र सामाजिक र वातावरणीय परिवर्तन अध्ययन (आइएसइटी)का कार्यकारी निर्देशक कञ्चनमणी दिक्षीतले प्रस्तुतीकरण दिनुभएको थियो ।

    Advertisement

    संयोजक पोखरेलले जलवायु विज्ञान साक्षरता सम्बन्धी प्रस्तुतीकरण दिंँदै पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल लगायत विश्वका अन्य राष्ट्रमा चुनौति थपिदै गएको बताउनु भयो । जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोप तथा मानिसको दैनिक जीवन , स्वास्थ्यमा समेत गम्भिर असर परेकोले यसको न्यूनिकरणका लागि सबैको साथ सहयोग हुनुपर्ने उहांँले बताउनुभयो । जलवायु परिवर्तनकै कारण अत्यधिक गर्मी, वन वातावरण असर पर्नुका साथै प्राणी तथा जीवात्मा समेत लोप हुंँदै गएको उहांँले जानकारी दिनुभयो । यसका सचेतनाको लागि सरकार, सरकारी निकाय , नागरिक तथा सञ्चारकर्मीको पनि उत्तिकै दायित्व रहेको उहांँको भनाई थियो ।

    जलवायु र दिगो विकास सम्बन्धी प्रस्तुतिकरण दिंँदै आइएसइटीका निर्देशक दिक्षीतले जलवायु परिवर्तनले गरिब मुलुक र गरीब समुदायलाई थप असर पार्दै गएको बताउनु भयो । सरकारको नीति र अभ्यासको तालमेल नहुंँदा जलवायुका कारण हरेक बर्ष नेपालले प्राकृतिक प्रकोप र मानवीय क्षति बेहोर्दै आएको उहांँले बताउनु भयो ।

    जलवायु परिवर्तनको सम्बोधनको लागि १७ वटा लक्ष्य तयार पारिएको बताउंँदै यसले नेपालको जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनिकरण गर्न सकिने बताउनु भयो । सो अवसरमा स्थानीय युवा तथा सञ्चारकर्मीले यस बिषयमा भोगेका चुनौति र अनुभव साटासाट गरिएको थियो । संस्थाले मंगलबार चितवनका विभिन्न कलेजका विज्ञान शिक्षक र बुधबार स्थानीय प्रतिनिधिसंँग अन्तरक्रिया एवं अभिमुखिकरण गरेको थियो । कार्यक्रमको अमृत ढकालले सहजीकरण गर्नुभएको थियो ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.