• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विगबजारमा आजदेखि जुत्ताचप्पल मेला : १५ देखि ५० प्रतिशतसम्म छुट, जुत्ता किन्दा चप्पल उपहार


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • चितवन । नारायणगढको चमेली बिगबजारमा देखि तेस्रो चितवन जुत्ताचप्पल महामेला २०८१ शुरु भएको छ । नेपाली जुत्ता घर तथा नेपाल फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपाल द्धारा आयोजित उक्त महामेलाकोे उद्धाटन बाग्मती प्रदेश वन तथा वातावरण मन्त्री केशब पोख्रेलले गर्नुभयो । उद्दघाटनपछि बोल्दै मन्त्री पोख्रेलले स्वदेशी उत्पादनको प्रर्वद्धन गर्न आयोजना गरिने यो मेलाले आर्थिक गतिविधि चलायमान हुने बताउनु भयो । ‘यस्ता मेलाले एकत स्वदेशी उत्पादनको प्रर्वद्धन हुन्छ अर्कोकुरा आयात प्रतिस्थापन र रोजगारीमा समेत बृद्धि गर्छ ।’

    Advertisement

    उद्योगीहरुले स्वदेशी उत्पादन गुणस्तरीय बनाउनुपर्नेमा जोड दिदैं उहांँले व्यवसायी बीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउनु भयो । पछिल्लो समय स्वदेशी जुत्ता चप्पलको माग विदेशमा समेत बढेको बताउंँदै उहांँले उद्योगीहरुले उत्पादनमा बृद्धि गर्दै लैजानुपर्ने बताउनु भयो । ‘बार्षिक नेपाली जुत्ता चप्पल निर्यात १ अर्बको हुने गरेको छ , उहांँले भन्नुभयो, अब हरेक नेपालीले पनि आफ्नो उत्पादनलाई माया गर्नुपर्यो ।’
    सो अवसरमा फुटवेयर म्यानुफ्याक्चर एशोसियसन नेपालका केन्द्रिय अध्यक्ष रुद्र न्यौपानेले नेपाली उद्योगीका सबै उत्पादन एकैठाउंँमा प्रर्दशन र बिक्री गर्ने उद्धेश्यसहित मेलाको आयोजना गरिएको बताउनु भयो ।
    ‘स्वदेशी जुत्ता चप्पलका उत्पादन , डिजाइन एउटै छाना मुनि प्रयोग गर्न पाउन भन्ने हाम्रो मुख्य उद्धेश्य हो, उहांँले भन्नुभयो, यसले नेपाली जुत्ताचप्पलको प्रर्वद्धन र बजारीकरणमा सहयोग पुग्छ ।’

    नयांँ बर्षको अवसर पारेर छुट अफर उपलब्ध गरेको बताउंँदै उहांँले यो अवसरलाई सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
    नेपाली जुत्ता चप्पल घरका अध्यक्ष होमनाथ न्यौपानेले स्वदेशी उत्पादनको पहुंँच पुरयाउन नेपालका प्रमुख शहरमा नेपाली उत्पादनका आउटलेट विस्तार गर्दै लगिएको बताउनु भयो । ‘नेपाली उत्पादन शहर केन्द्रित नभई ग्रामीण भेग लक्षित गर्नु हाम्रो जिम्मेबारी पनि हो । यसलाई सर्वसुलभ बनाउन हामी प्रयत्नरत छौं ।’ न्यौपानेले भन्नुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल होटल व्यवसायी महासंघ, उद्योग वाणिज्य संघ चितनका उपाध्यक्ष नारायण प्रधान लगायतले मन्तव्य दिनु भएको थियो ।
    मेलाको अवसरमा लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट पाइनुका साथै १५ सय भन्दा बढीको जुत्ता खरिदमा उपहार स्वरुप चप्पल सित्तैमा दिइने र यो अफर मेला अवधी सम्म मात्र रहने आयोजकले जनाएको छ ।

    नारायणगढको चमेली बिग बजारमा आजबाट शुरु भएको मेलामा ७ वटा स्वदेशी उद्योगबाट उत्पादित तीन हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल पाइनेछ । मेला बैशाख ३० गतेसम्म चल्नेछ ।

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.