• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

  • ५. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

नमस्ते ईन्भेष्टमेन्टको साधारण सभा : पर्यटन क्षेत्र लगायत विविध क्षेत्रमा लगानी गर्दै नमस्ते इन्भेष्टमेण्ट


  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
  • चितवन । चितवनका ३० जना उद्योगी व्यवसायीको साझा संस्था न्यू होप नमस्ते ईन्भेष्टमेण्ट प्रालिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भरतपुर–२९, चौकीडांँडामा सम्पन्न साधारण सभाले आगामी भावी कार्ययोजना समेत तय गरेको छ । कम्पनीका अध्यक्ष दिपेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०८१, ०८२मा स्वदेशमै संभावना भएका व्यवसायिक क्षेत्रमा लगानी गर्ने जानकारी दिएको छ ।

    Advertisement

    आगामी बर्ष कम्पनीले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले अघिल्लोबर्ष रियल स्टेटमा लगानी गर्यौं ।अब हामीले पर्यटन क्षेत्रमा लगानी गर्न सौराहामा होटल खोल्ने तयारीमा छौं , अध्यक्ष श्रेष्ठले भने, देशकै तेस्रो गन्तव्य सौराहामा संभावना र अवसर दुबै छ। अहिलेको आर्थिक मन्दीमा पनि पर्यटन व्यवसाय सन्तोषजनकनै देखिन्छ ।’
    कम्पनीले शेयर सदस्यहरुको सल्लाह र सुझाव अनुसार आगामी दिनमा चितवन बाहिर पनि विभिन्न उद्योग व्यवसाय क्षेत्रमा लगानी गर्दै जाने श्रेष्ठको भनाई छ । सो अवसरमा बोल्दै कम्पनीका सल्लाहकार दिपेश कुमार श्रेष्ठले संकट र चुनौतिका बीच पनि अवसर र संभावना हुने बताए । उनले देशको अवस्था र उपभोग ,वितरणको अवस्था हेरेर लगानी गर्दै जानुपर्नेमा जोड दिए ।
    अर्का सल्लाहाकार रुवीन रामुदामुले कम्पनीले उत्पादन रोजगारीलाई जोड्दै लगानीलार्ई विस्तार गर्दै जानु पर्ने बताए । ‘हामी सबैको आ आफ्नो उद्योग व्यवसाय छ उनले भने, ग्रुपमा काम गर्दा नोक्सान पनि कम हुन्छ, लाभ हुंँदा पनि सबैलाई शेयर हुन्छ । ’
    अर्का सल्लाहाकार मनोज रानाभाटले यो समयमा पुंँजीलाई बढीभन्दा बढी चलायमान गराउनु पर्ने बताए । ‘पुंँजीलाई अवसर र संभावना हेरेर, लगानी गर्दै लग्नुपर्छ, जसले पूजीलाई चलायमान पनि बनाउंँछ र अन्य क्षेत्रमा पनि अनुभव पनि हुंँदै जानेछ ।’ रानाभाटले भने ।
    कम्पनीका अन्य सदस्यहरुले देशको आर्थिक अवस्थालाई हेरेर कम्पनीको पूंँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
    साधारणसभामा कम्पनीका सचिव भुपेन्द्र कर्माचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने अध्यक्ष श्रेष्ठले कम्पनीको बार्षिक प्रतिवेदनका साथै भावी योजनाको बारेमा प्रकाश पारेका थिए ।
    कम्पनीले अघिल्ला बर्षहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाकालमा राहत वितरण, रक्तदान कार्यक्रम गरेको छ । आगामी दिनमा पनि स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण र आश्रमहरुमा खाद्यान्न वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    अटोमोबाईल,पोल्ट्री, कृषि, भेटेरीनरी, सहकारी, सुनचांँदी व्यवसायी, मोबाइल लगायत पेशागत सेवामा आवद्ध डाक्टर, प्राध्यापक, वकिल पेशामा आवद्ध ३० जना युवा व्यवसायीको संयुक्त लगानीमा विगत चार बर्ष अगाडी नमस्ते ग्रुप स्थापना भएको थियो । दुईबर्ष अघि कम्पनीको नाम परिवर्तन गरी न्यू होप नमस्ते इन्भेष्टमेण्टको नामबाट विभिन्न क्षेत्रमा लगानी गर्ने उद्धेश्यका साथ सञ्चालन हुंँदै आएको छ ।

    आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ५.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.