चितवन । चितवनमा पहिलोपटक आइएसएमटी कलेज, भरतपुरमा अन्तरराष्ट्रिय स्तरको अध्ययन अध्यापनको लागि ब्रिटीश एमबीए तहको भर्ना शुरु भएको छ । स्वदेशमै अन्तरराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा तथा जनशक्ति उत्पादन गर्ने उद्धेश्य सहित आइएसएमटीमा एमबीए तहको पढाई शुरु गर्न लागिएको हो ।
लण्डनको सन्डरल्याण्ड युनिभर्सिटीबाट सम्बन्धन प्राप्त उक्त संकायको अप्रिल देखि भर्ना कार्यक्रम शुरु गरिएको आइएसएमटी कलेज, चितवनका अपरेशन मेनेजर अस्मित आचार्यले जानकारी दिए ।उनका अनुसार मे ईन्टेकका लागि अध्ययन अध्यापन शुरु गरिने छ ।
चितवनमा पहिलोपटक यो कार्यक्रम शुरु गर्न लागिएकोले बिद्यार्थीको आकर्षण बढेको उनको भनाई छ । ‘यो प्रोग्राम,बैंक मेनेजर, सिइओ, आइटी मेनेजर, होटल मेनेज्मेण्ट तथा उद्योगीहरुको लागि उपयोगी कोर्ष हो, आचार्यले भने, स्वदेशमै अवसर खोज्नेलाई पनि उपयुक्त छ । विदेशमा गएर काम गर्छु भन्नेलाई पनि प्रशस्त अवसर छ ।’
स्नातक तहमा जुनसुकै संकायबाट पास गरेका र ५० प्रतिशत प्राप्ताङ्क ल्याउने विद्यार्थीले भर्ना गर्न सक्ने उनले बताए। विद्यार्थीले गरेको रिसर्च र उपलब्धीलाई जर्नलमा समेत प्रकाशन गरिने उनले बताए । यो तहको कोर्षको अवधि दुईबर्षको हुनेछ । आइएसएमटीले यो तहको भर्ना कार्यक्रम विराटनगरमा समेत शुरु गरिएको आचार्यले जानकारी दिए ।
आइएसएमटी कलेज चितवनमा एमबीएको भर्ना शुरु
आइएसएमटी कलेज चितवनमा एमबीएको भर्ना शुरु
Advertisement
तपाईको प्रतिक्रिया