गैँडाकोट । ग्रीन टेक्नोलोजी एण्ड ट्यालेन्ट म्यानेजमेन्ट विषयक २ दिने अन्तराष्ट्रिय सम्मेलन नवलपुरको गैँडाकोटमा सम्पन्न भएको छ । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा शुक्रबारदेखि सुरु भएको अन्तराष्ट्रिय सम्मेलन शनिवार सम्पन्न भएको हो ।
बिश्ववजारमा आएका नयाँ नयाँ प्रविधीहरु, त्यसले वातावरणमा पारिरहेको प्रभाव, यसबाट जोगिनका लागि अपनाउनु पर्ने सावधानीहरु तथा प्रकृति र मानवजातीलाई असर नपर्ने गरि प्रविधिको विकास गर्नुपर्नेमा सम्मेलनमा सहभागी विज्ञहरुले जोड दिएका थिए ।
दुईदिने सम्मेलनमा नेपाल सहित भारत,नेदरल्याण्ड, इन्डोनेसीया, जर्मनीर र फिनल्याडका प्रोफेसर तथा विज्ञहरुले कम्प्युटर विज्ञान ,इन्जीनीयरिङ्गं विज्ञान र ब्यवस्थापन विज्ञान गरि तीन क्षेत्रका ४० वटा कार्यपत्र प्रस्तुत गरेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य प्रोफेसर ईन्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो ।
सम्मेलनमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन एशोसीयट प्रोफेसर डाक्टर दयाराज ढकाल, सहप्राध्यापक डाक्टर रविन्द्र घिमिरे, प्रोफेसर डाक्टर अन्जय कुमार मिश्र, अमित शंकर लगायतले ट्यालेन्ट म्यानेजमेन्टका विषयमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनमा पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमान्डौ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका रिसर्चर र स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरु गरि २०० जनाको सहभागिता रहेको थियो ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर प्रेमनारायण अर्यालयको प्रमुख आतिथ्यता एवंम् पोखरा विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर दिपक बहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा भएको सम्मेलनको अध्यक्षता अक्सफोर्डका प्राचार्य प्रोफेसर ईन्जिनियर भण्डारीले गर्नुभएको थियो ।