• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

माडीमा जलवायु परिवर्तन र मानव वन्यजन्तु बीचको द्धन्द न्यूनिकरण अन्तरक्रिया


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • सूर्यप्रसाद अधिकारी,चितवन । चारैतिर निकुञ्जले घेरिएको माडीमा जलवायु परिर्वतन र मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण सम्वन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।

    Advertisement

    साप नेपाल र डेक नेपालको सहयोगमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले आज आयोजना गरेको सो कार्यक्रममा निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीले वन्यजन्तु बस्तीमा प्रवेश गरेर मानबीय क्षति गर्न थालेपछि मानव वन्यजन्तु बीचको द्वन्द्व बढ्दै गएको बताउनु भयो । निकुञ्जको कोर क्षेत्रमा आधारको लागि घाँसे मैदान र बासस्थानको अभावका कारण वन्यजन्तु वस्तीमा प्रवेश गर्ने गरेको भन्दै आर्थिक अभावका कारण वन्यजन्तुको आहार व्यवस्थापनमा समस्या भएको बताउनु भयो ।
    वन्यजन्तु मानब बस्तीमा प्रवेश गरेर मान्छेमार्ने क्रम पछिल्लो पाँच बर्षका बढ्दै गएको उहांँले जानकारी दिनुभयो ।
    निकुञ्जको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा १२ जना, २०७६÷०७७ मा ९ जना, २०७७÷०७८ मा १२ जना, २०७८÷०७९ मा २२ जना, २०७९÷०८० मा १२ जना र चालु आर्थिक बर्षको १० महिनामा ७ जनाको वन्यजन्तुको आर्कमणबाट ज्यान मृत्यु भएको छ । अधिकाँश घटना मध्यवर्ती क्षेत्रमा घटेको सुचना अधिकारी तिवारीले बताउनु भयो । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले सरकारले मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणको लागि ठोस कदम चाल्न नसकेको बताउनु भयो ।

    चोरी शिकारीले गैंडा मार्न कम भएको छ भनेर चुप लागेर बस्ने अवस्था नरहेको भन्दै उहाँले मानबीय क्षति रोक्न तत्काल उचित कदम नचाल्ने हो भने संरक्षणमा विकराल समस्या आउने तर्फ सचेत गराउनु भयो । माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतोले निकुञ्जको विभेद र हेपाइको प्रवृत्तिका कारण मध्यवर्ती खारेज गर्नुपर्छ भन्ने आवास उठ्न थालेको बताउनु भयो ।

    माडीको विकासमा निकुञ्ज बाधक बन्दै आएको भन्दै उहांँले निकुञ्ज ऐन र नियमावली संशोधन गरेर विकासको कामलाई सहज बनाउनु पर्ने बताउनु भयो । भरतपुर र माडीको बीचमा रहेको जंगलको सडक कालोपत्रे र रिउ खोलामा करिडोर निर्माणमा निकुञ्जले सरकारलाई सहयोग गर्नुपर्ने उहांँको भनाई छ । मध्यवर्ती क्षेत्र माडी बगई सेक्टर प्रमुख नारायणदत्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बघौडा मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष प्रभूप्रसाद महतोले जलबायु परिर्वतन र मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    अयोध्यापुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिबजी गायकले सञ्चालन गरेको उक्त कार्यक्रममा साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.