सर्बजीत थापामगर, चितवन । । चितवनमा पहिलोपटक मिस प्लस साइज चितवन–२०२४ हुने भएको छ । ६० केजी देखि केजीदेखि माथिका तौल समूहका विवाहित तथा अविवाहित महिलाहरु सहभागी हुने गरी मिस प्लस साइज चितवन आयोजना हुन लागेको हो ।
प्रतियोगितामा चितवनसंगै यसका वरपरका जिल्लाबाट महिलाहरुले पनि सहभागिता जनाउन सकिने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोराले जानकारी दिए । उनले मोटो शरीर भएपनि उनीहरु भित्र भएका क्षमतासंँगै सिर्जनालाई बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको बताए । यो प्रतियोगिता पहिलोपटक चितवन र अन्य मुख्य शहर हुंँदै मिस प्लस साइज नेपाल काठमाडौंमा गरिने जानकारी दिए। उनले यस प्रतियोगिताले प्लस साइज भएका महिलाहरुलाई हौसला प्रदान गर्नुका साथै उनीहरुका भित्र रहेका ट्यालेन्ट प्रर्दशन गर्ने उत्कृष्ट प्लेटफर्म हुने उनको भनाई थियो ।
प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले हरेक शहरबाट भएका प्रतियोगीमध्ये विजेताले विदेशमा हुने प्लस साइज सौन्दर्य प्रतियोगितामा सहभागी गराइने समेत बोहोराले बताए ।
कार्यक्रममा बोल्दै चितवन स्कुल अफ फेशनका बोर्ड अफ डाइरेक्टर रञ्जित क्षेत्रीले सौन्दर्य प्रतियोगिता भन्ने वित्तिकै यो प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिता भन्दा फरक रहेको बताए । उनले प्रतियोगीहरु भित्र भएको आन्तरिक क्षमता उजागर गर्ने र समाजमा सकरात्मक प्रभाव पार्ने हिसाबले यो प्रतियोगिता गरिएको बताए ।
प्रतियोगिता अन्तरगत अडिसन यही जेठ १६ गते चितवन स्कूल अफ फेशनमा हुनेछ । प्रतियोगिता फिनाले असारमा हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुने प्रतियोगीले मिसप्लससाइजनेपाल डट ओआरजीबाट नाम दर्ता गर्न सकिने र थप जानकारी लिन सक्नेछन ।