• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

वडा नम्बर २ लाई वातावरणमैत्री तथा सरसफाईयुक्त बनाउन प्रक्रिया शुरु


  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नं–२ लाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा बनाउन लागि प्रारम्भिक चरणको प्रक्रिया सुरू भएको छ । यसका लागि वडा कार्यालयमा भएको आम भेलाले वडास्तरीय समितिसमेत गठन गरेको छ ।
    वडाध्यक्ष मनोज रानाभाटले वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने प्रक्रिया यसै आर्थिक वर्षबाट सुरू भएको जानकारी दिए । वडाध्यक्ष रानाभाटले भने, ‘वातावरणमैत्री वडा निर्माणका लागि सूचकहरु पूरा गर्न जनप्रतिनिधि, टोल विकास समिति, विद्यालयलगायत सम्पूर्ण संघसंस्था र वडावासी सक्रिय भएर लाग्नेछन् ।’ उनले जतिसक्दो छिटो वडालाई वातावरणमैत्री वडा घोषणा गर्ने समेत बताए ।

    Advertisement

    वडाध्यक्ष रानाभाटको संयोजकत्वमा वातावरणमैत्री वडास्तरीय समिति गठन भएको छ । कार्यवाहक अध्यक्ष परशुराम पौडेलको अध्यक्षतामा भएको आमभेलाले समिति गठन गरेको हो । समितिको सदस्यहरुमा वडा सदस्यहरु परशुराम पौडेल, बेलपत्र श्रेष्ठ, उर्वशी तोलाङ गोतामे, बलराम सिटौला रहेका छन् । वडा सचिव ओमप्रकाश न्यौपाने समितिको पदेन सदस्य रहेका छन् ।
    टोल र विद्यालयबाट केही सदस्य पछि थप्ने गरी समिति गठन गरिएको कार्यवाहक अध्यक्ष पौडेलले बताए । कार्यक्रममा टोल विकास समितिका अध्यक्षहरुले वडाले राम्रो कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले वडालाई वातावरणमैत्री बनाउन सकिने, तर केही चुनौतीहरु रहेको बताएका थिए ।

    वडा सचिव ओमप्रकाश न्यौपानेले वडा यस कार्यक्रममा सफल हुने बताए । उनले टोल वातावरणमैत्री भएपछि बल्ल वडा वातावरणमैत्री हुन सक्ने बताए ।

    सामाजिक संस्था युवा समाज नेपालको सहकार्यमा वडाले वातावरणमैत्री वडा निर्माणका लागि काम थालेको हो । वडास्तरीय भेलाका प्रशिक्षक किशोर खनालले ६० भन्दा बढी सूचक पूरा गरेपछि मात्र वडालाई वातावरणमैत्री वडा घोषणा गर्न सकिने बताएका थिए । युवा समाज नेपालका महासचिवसमेत रहेका खनालले अबको कार्यक्रम टोलस्तरीय हुने बताए ।
    कार्यक्रममा वडा सदस्य बलराम सिटौलाले वडालाई छिटोभन्दा छिटो वातावरणमैत्री वडा निर्माण गरिने बताए । बालकुमारी माविका प्राचार्य आनन्दराज सापकोटाले विद्यालयबाट वातावरणमैत्री वडा निर्माणका लागि पूरा सहयोग पुग्ने बताएका थिए । टोल विकास समितिका अध्यक्षहरुले अब हुने टोलस्तरीय कार्यक्रमलाई प्रभावकारी बनाउन सक्रिय भएर लाग्ने प्रतिबद्धता गरेका थिए ।

    मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.