• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
शुक्रबार, भदौ ०६, २०८२
☰
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

सहकारीलाई व्यवस्थित र गुणस्तरीय सेवा दिन चितवनमा साकोस समिट हुंँदै


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • चितवन । चितवनमा पछिल्लो समय सहकारीमा देखिएका विकृति विसंगति समस्या समाधान र जोखिम न्यूनिकरण गर्ने उद्धेश्य सहित चितवनमा दोस्रो साकोस समिट २०८१ हुने भएको छ । यही जेठ २५ र २६ गते सहकारीमा आवद्ध व्यक्तिहरु, सञ्चालक, शेयरधनी एवंँ विज्ञ सहितको सहभागितमा साकोस समिट गर्न लागिएको हो । चितवन जिल्ला बचत तथा सहकारी संघको आयोजना हुन गईरहेको समिट ४०० जनाको सहभागिता रहने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।

    Advertisement

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष विद्या कोइरालाले पछिल्लो समय सहकारीमा देखिएका समस्याहरु समाधान गर्न तथा विकृति विसंगति न्यूनिकरण गर्ने उद्धेश्य सहित साकोस समिट गर्न लागिएको जानकारी दिनुभयो । ‘अरुभन्दा ऋण तथा बचत सहकारीमा बढी समस्या देखियो, बचतकर्ताको विश्वास पनि घट्यो, उहांँले भन्नुभयो , सहकारीमा विकृति विसंगति रठगी गर्ने धेरै भए । त्यसैले यसलाई न्यूनिकरण गर्ने हाम्रो मुख्य उद्धेश्य हो ।’ साकोस क्षेत्रलाई नीति तिथी र विधि र प्रविधि मा लैजान र सहकारी क्षेत्रमा थप जोखिम नहोस भन्ने हेतुले समिट उपलब्धीमुलक हुने उहांँको भनाई छ ।

    संघका पूर्वअध्यक्ष एवं सल्लाहकार तेजेन्द्र खड्काले बचतकर्ताको बचत बचाउन तथा सहकारी प्रतिको आम धारणा चिर्नपनि साकोस समिट गर्न लागिएको बताउनु भयो । बचत कर्ताको बचत तथा ऋण असुली बारेपनि सम्मेलनमा घनिभुत छलफल हुन्छ, खड्काले भन्नुभयो , सहकारीलार्ई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने हाम्रो अपेक्षा हो ।
    समिटमा नेपाल सरकार, नेपाल चार्टड एकाउण्टेण्ट एवं वचत तथा ऋण सहकारीमा सफल अभ्यास प्रविधि हस्तान्तरण, संस्थागत विकास, सहजीकरण , सहकारी विकासमा अतुलनीय योगदान गर्ने राष्ट्र्रिय तथा स्थानीय विज्ञहरुबाट ६ वटा बाट कार्यप्रस्तुत गरिने छ ।

    जिल्लाका सहकारीहरुको विगत, वर्तमान र भावी कार्यदिशामा एकरुपतामा ऐक्यवद्धताकोे विकास गर्न, सहकारीहरुको दिगोपनका लागि साझा धारणा बनाउन, जोखिम व्यवस्थापन र बित्तिय सुशासनको निर्माण गर्न यो कार्यक्रम प्रभावकारी हुने खड्काको भनाई छ । ।

    दुई दिन सम्म चल्ने सो कार्यक्रमले वित्तिय सहकारीमा जोखिम मापन न्युनिकरणका उपायहरुको समेत खोजी गरिने बताईएको छ । साकोस समिट यसअघि २०७३ सालमा पहिलोपटक गरिएको थियो ।
    जिल्लामा हाल अहिले बचत तथा ऋण सहकारी संस्था २५५ वटा रहेका छन भने संघमा मात्र २०५ जना बचत तथा ऋण सहकारी आवद्ध छन । जिल्लामा सबै विषयगत सहकारीहरु संख्या ७०० को हाराहारीमा छ ।

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.