चितवन । प्लस साइज नेपालको आयोजनामा सुरु भएको मिस प्लस साइज चितवन २०२४ का लागि टप १० फाइनलिस्ट छनोट भएका छन् । २० जना अडिसनबाट छनोट भएका महिलाहरु मध्य १० जना अब ग्रान्ड फिनालेको लागि छनोट भएर भिड्ने भएका हुन् ।
भरतपुर १२ मा रहेको क्लब डी इभकमा जेठ १८ गते ओरिन्टेसन सम्पन्न भएको थियो । २० प्रतिस्पर्धीहरुलाई २० गतेबाट विभिन्न तालिम, वर्कसप , फोटो सुट, भिडियो सुट आदि गराइएको थियो। फिनालेको लागि १० प्रतिस्पर्धीहरूको भोटिङ पनि आजबाट सुरु भएको छ । प्रतिस्पर्धी प्लस साइज महिलाहरुलाई भोटिङ एप्स खल्तीबाट भोट गर्न मिल्ने छ । वर्कसपको बीचमा प्रतिस्पर्धीहरुलाई रिफ्रेसमेन्टको लागि हाइकिङ् समेत लागिएको थियो ।
यसैगरी अब असार १ गते वृक्षारोपण समेत गरिने प्लस साइज चितवन २०२४ का निर्देशक रञ्जित क्षेत्रीले जानकारी दिए।
चितवनसँगै पोखरा, धरान, बिर्तामोड, नेपालगञ्जमा पनि यो कार्यक्रम हुने प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताए । यी शहरबाट छानिने विजेता र फष्ट रनर अपले काठमाडौंमा हुने मिस प्लस साइज नेपालमा सहभागी हुने अवसर पाउनेछन् । यस्तै मिस प्लस साइज नेपाललाई अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता सहभागी गराइने प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोराले बताए।