• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बोस्टन कलेज भरतपुरमा स्नातक तहमा ‘बीएचम’ को पढाई शुरु हुंँदै, सिट सिमित


  •   शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले स्नातक तहमा होटल म्यानेज्मेण्ट संकायको पढाई शुुरु गर्ने भएको छ । कलेजले यसअघि बिबिए, बिबिए–फाइनान्स, बिसिएस आइटी र एमबिए संकायको अध्ययन अध्यापन गर्दै आएकोमा अब ब्याचलर इन होटल मेनेज्मेण्टको कोर्ष शुरु गर्न लागेको हो । शुक्रबार भरतपुरमा एक औपचारिक कार्यक्रमका बीच बिएचएम कोर्स सुरु भएको जानकारी दिएको हो । पोखरा विश्वविद्यालयमा सम्बन्धन प्राप्त बोस्टनले १५ वर्षदेखि अध्यापन गराउँदै आएको छ । सो अबसरमा बोल्दै बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले विद्यार्थीको माग संँगै अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई सघाउ पु¥याउने उद्देश्यले नयाँ कार्यक्रम थप गरिएको बताए । विद्यार्थीलाई दक्ष बनाउन प्रयोगात्मक कक्षामा विदेशी प्राध्यापकलाई समेत कलेजसंँग जोडेको उनले जानकारी दिए । कलेजले आइटिसी होटेलमा ३० वर्षभन्दा बढी अनुभव हासिल गरेका मनोज विरमानीलाई अनुबन्ध गरिसकेको जानकारी दिँदै अध्यक्ष चन्दले पाँचतारे होटेलहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा हुने सम्पूर्ण सुविधा र पूर्वाधारसमेत तयार गरेर बिएचएम कोर्स सुरु गरेको बताए ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका पर्यटन सल्लाहकार डा विश्व सुवेदीले नेपालको संस्कृति, सभ्यातासँग जोडिएको शिक्षालाई कलेजले पाठ्यक्रममा राखेर यस क्षेत्रका विद्यार्थीमा नयाँ उत्साह थपेको बताए । यसले समग्र चितवनको पर्यटनको साथै देशको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुको साथै पर्यटन क्षेत्र थप फराकिलो हुने विश्वास व्यक्त गरे । उनले हाल भरतपुर भ्रमणबर्षलाई २०२४ लाई लक्षित गर्दै विभिन्न पूर्वाधार थप गरिएको समेत जानकारी दिए ।
    कार्यक्रममा अन्य वक्ताहरु बोष्टन कलेजका बिएचएम सहायक कार्यक्रम संयोजक बिमल अर्याललेृ कोर्षका बिशेषताहरु माथि प्रकाश पारेका थिए । कार्यक्रममा होटल व्यवस्थापन शिक्षाका एशिया प्रशान्त र विश्वव्यापी दृष्टिकोणबारे कलेजका बिएचम परामर्शदाता मनोज बिरमानीले प्रस्तुति दिएका थिए ।

    विशिष्ट अतिथि रुपेश श्रेष्ठले नेपालमा होटल मेनेज्मेण्टको माग र संभावना उत्तिकै रहेको बताउंँदै हस्पिटालिटी क्षेत्र सबैभन्दा उच्च क्षेत्र रहेको बताए । यस क्षेत्रले विद्यार्थीलाई सहज रोजगारीका साथै पर्यटन व्यवसाय बनाउन ठूलो सहयोग पुग्ने बताए । यस क्षेत्रको नेपालमा मात्र नभई विश्व बजारमा उत्तिकै माग रहेकोले कलेजले शुरु गरेको यो कार्यक्रम विद्यार्थीको लागि सुनौलो अवसर रहेको बताए ।
    होटल मिरियटकी काठमाण्डु क्लस्ष्टर निर्देशक अञ्जना खड्काले हस्पिटालिटी क्षेत्रमा आवश्यक पर्ने सीप , क्षमता तथा पाहुनालाई गर्नुपर्ने संस्कारका बारेमा प्रस्तुति दिएकी थिइन् । कलेजले भर्ना कार्यक्रम शुरु भईसकेको र दुई महिनापछि कक्षा सञ्चालन गर्ने जनाएको छ । सिट सिमित भएकोले विद्यार्थीलाई छिट्टै भर्ना अभियानमा जोडिन समेत कलेजले आग्रह गरेको छ ।

    शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.