• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

फोर्ब्स कलेजका विद्यार्थीले गरे स्टेट ब्याक्वेटको नमुना अभ्यास


  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
  • भरतपुर । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुर स्थित फोर्ब्स कलेजमा आइतबार स्टेट व्यान्क्वेट तथा अतिथि सत्कारको नमुना अभ्यास गरिएको छ ।
    व्यवहारिक शिक्षा मार्फत शिक्षण सिकाइलाई व्यवसायिक बनाउने उद्देश्य सहित विद्यार्थीहरुलाई नमुना अध्यास गराइएको हो ।
    हरेक बर्ष बिएचएम संकायका छैठौँ सेमेष्टरका विद्यार्थीहरुका लागि अतिथि सत्कारको नमुना अभ्यास गराउदै आएको प्राचार्य हरिशरण पाठकले बताउनु भयो ।

    Advertisement

    कलेजले होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीका लागि एक देशको राष्ट्र प्रमुख अर्को देशको राष्ट्र प्रमुख संग भेट्दा आयोजना गरिने उच्चस्तरीय भोज तथा अतिथि सत्कारको नमुना अध्यास गराएको हो । कलेज व्यवस्थापनको समन्वयमा बिएचएम संकायका छैठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले नमुना अभ्यासको आयोजना गरेका थिए ।
    उक्त कार्यक्रममा सोही संकायका चौथो सेमेष्टरका विद्यार्थीले अतिथि र सहभागीका लागि परिकारहरु प्रदान गरेका थिए । दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले भान्छा व्यवस्थापनको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रममा कलेजका होटल म्यानेजमेन्ट विभागका प्रमुख योगेन्द्र मण्डलले सहजीकरण गरेका थिए ।

    कलेजका प्रबन्ध निर्देशक राज कुमार दाहाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्राध्यापक ई.दिवस मैनाली विशिष्ट अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा कलेजका प्रिन्सिपल पाठक सहित सुवास अधिकारी, देवी कार्की, राजेन्द्र सापकोटा, शिरिष गौतम, केशव न्यौपाने, राजेन्द्र पौडेल, राजन धिताल, ई.राज सापकोटा लगायत अतिथिको रुपमा रहेका थिए ।
    कार्यक्रममा विध्यार्थीहरुले पोट्याटो चिज बल,क्रीम अफ मसरुप सुप, चिकन स्ट्रागनफ विथ प्लेन राईस÷रिसोटो राईस, डेजर्ट निकरबकर ग्लरी अन्तर्गतका परिकारहरुको सेवा प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै ई.दिवस मैनालीले होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीका लागि गरिने व्यवहारिक क्रियाकलापले सो क्षेत्रमा लागेर भविष्य उज्जवल बनाउन चाहेका विद्यार्थीले देश तथा विदेशका उच्चस्तरीय कार्यक्रममा आफ्नो कला र सीप देखाउन सक्षम रहने बताए ।

    नमुना अभ्यासले विद्यार्थीहरुमा ईभेन्ट म्यानेजमेन्ट ईलाईट सर्भिस (उच्चस्तरीय सेवा), टिमवर्क, सहकार्य, बजेट व्यवस्थापन लगायतको सीप विकासमा टेवा पुग्ने प्राचार्य पाठकले बताए । कार्यक्रम अवधिभर सोही कलेजमा बिएचएम दोश्रो संकायमा अध्ययनरत रोनिस श्रेष्ठ र चौथो सेमेष्टरमा अध्ययनरत सुमन मग्रातीले सांगीतिक प्रस्तुति दिएका थिए ।
    कार्यक्रममा बिएचएम छैठौँ सेमेष्टरमा अध्ययनरत ७ जना विद्यार्थी ,दोश्रो संकायमा अध्ययनरत १० जना विद्यार्थी र चौथो सेमेष्टरमा अध्ययनरत १२ जना विद्यार्थी सहभागी भएका थिए । कलेजमा अनुभवी र तालिम प्राप्त प्रध्यापकहरुले विद्यार्थीहरुलाई होटल म्यानेजमेण्ट र सुचना प्रविधि विषयमा अध्यापन गराउदै आइएको छ । सो कलेजले आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको छ ।

    कलेजले डेढ दर्जन सुचकहरु पुरा गर्दै सो मान्यता प्राप्त गर्न सफल भएको हो । वि.स.२०७४ सालमा स्थापना भएको सो कलेजमा व्याचलर अफ होटर म्यानेजमेन्ट र व्याचलर अफ कम्प्युटर साइन्स, साइबर सेक्युरिटी लगायतका विषय अध्यापन हुँदै आएको छ ।

    अभिभावक र विद्यार्थीको रोजाईमा परेको उक्त कलेजले अभिभावकको लगानी सुरक्षित गर्ने गरी शिक्षण सिकाइलाई अबलम्वन गरेको छ ।

    सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.