चितवन । चितवनको सेन्ट्रल मोडेल कलेजले बिएचएम, बिआइएम अध्ययन गर्ने विद्यार्थीलाई बिशेष छुट सहित भर्ना अभियान शुरु गरेको छ । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल गु्रपद्धारा सञ्चालित यस कलेजले भर्नामा सय प्रतिशतसम्म स्कलरसिपको घोषणा गर्दै धमाधम भर्ना आब्हान गरेको हो ।
स्टडी इन नेपालको नारासहित कलेजले यसबर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको हो । कलेजले पढ्दै कमाउँदै गर्ने वातावरण दिने र अध्ययन पश्चात रोजगारी समेत दिलाउने कलेजका कार्यक्रम संयोजक यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । अत्याधुनिक ल्याब, स्मार्ट बोर्ड र एसीसहितका कक्षा कोठामा अध्यापन गराइने उहाँले बताउनुभयो । कलेजले विद्यार्थीका लागि निःशुल्क बसको समेत ब्यवस्था गरेको छ ।
भरतपुरको ओरालोस्थित सेन्ट्रल टावरमा विद्यार्थीलाई अध्यापन गराइनेछ । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त निर्वाणा कलेज (सेन्ट्रल मोडेल कलेज)को (विएचएम, बिआइएम) कार्यक्रम र दियालो कलेजको (बिबिएस) कार्यक्रम यसबर्षदेखि भरतपुर ओरालोस्थित सेन्ट्रल कलेजको मुख्य कार्यालय सेन्ट्रल टावरमा सञ्चालन गर्नेगरी सम्झौता भएको हो ।
‘बिश्वकै मान्यता प्राप्त त्रिभुवन विश्वविद्यालयको चारबर्षे शैक्षिक कार्यक्रम (बिएचएम, बिआइएम र बिबिएस) हामीले सञ्चालन गरेका छौं, पौडेलले भन्नुभयो, नेपालमै बिदेशी स्तरको अध्यापनका लागि सेन्ट्रल कलजले अत्यधुनिक आफ्नै भवनमा अध्यापन गराउने पौडेलले बताउनु भयो ।’ उहाँले नयाँ शैक्षिक सत्रका लागि धमाधम भर्ना खुलेको जानकारी दिनुभयो । ‘हामी फरक ढंगबाट अध्यापन गराउँछौं,उहाँले भन्नुभयो,पार्टटाइम जब र अन्तिम बर्ष बिदेशमा इन्ट्रनसिपमा जानका लागि मदत पर्नि गर्छाै ।’ कलेजले स्टडी इन नेपाल अभियानलाई बिश्वभर लैजाने योजना समेत अघि सारेको छ ।