• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

जनजाती पत्रकारहरु संस्था फोनिज चितवनले मनायो भव्य रुपमा २५ औ स्थापना दिवस


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • चितवन । नेपाल आदिवासी जनजाति पत्रका महासंघ (फोनिज) चितवनले संस्थाको २५औँ स्थापना दिवस (रजत जयन्ती) मनाएको छ। शनिबार भरतपुर–१२ नौरङ्गेस्थित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सभाहलमा भव्य कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो।
    २५ वटा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा ‘आदिवासी जनजाति आन्दोलन र फोनिजको भूमिका’ विषयमा अन्तरक्रियासमेत गरिएको थियो। कार्यक्रममा फोनिज चितवनका संस्थापक अध्यक्ष एवम् संरक्षक सन्तकुमार चौधरी र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार समितिका संयोजक पदमबहादुुर गुरूङ प्रमुख वक्ताका रूपमा थिए ।

    Advertisement

    फोनिजको स्थापनाकालदेखि आदिवासी जनजाति आन्दोलनमा फोनिजको उपस्थिति र फोनिजले खेलेको भूमिकाको विषयमा संस्थापक अध्यक्ष एवम् संरक्षक चौधरीले प्रष्ट पारे । स्थापनाकालमा नेपाल आदिवासी जनजाति पत्रकार संघको रूपमा स्थापना भएको बताउँदै चौधरीले भने, ‘त्यतिखेर हाम्रो संख्या ज्यादै कम थियो। बीचमा आएर त्यतिबेलाको संघ महासंघ बन्यो। र, फोनिजकर्मीको संख्या पनि बढ्यो। तर, अहिले फेरी संख्या घटेको छ।’

    फोनिजको स्थापना भएपछि मात्रै आदिवासी जनजाति समुदायको हकअधिकार र मुद्धाका विषयमा सञ्चारमाध्यममा स्थान पाएको उनको भनाई थिया े। ‘फोनिज स्थापना भएपछि बल्ल हाम्रा दबिएका आवाजले सञ्चारमाध्यममा स्थान पाउन थाल्यो,’ उनले भने, ‘हाम्रो आवाज बाहिर ल्याउन सफल भएपछि बल्ल जनजातिका आन्दोलन पनि बलियो बन्दै गयो।’
    कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेपाल आदिवासी जनजाति महासंघ चितवनका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार समितिका संयोजक पदमबहादुर गुरूङले आदिवासी जनजातिका आन्दोलनलाई देशव्यापी प्रचार गर्न र राज्यसंयन्त्रसम्म पु¥याउनको लागि फोनिजको आवश्यकता भएरै पत्रकारहरूको संस्था जन्मिएको बताए।
    ‘पहिलेपहिले हामीले आन्दोलनका क्रममा धेरै दुःख पायौँ । तैपनि दिनभरी आन्दोलन गरे पनि हाम्रा कुरा बाहिर ल्याउन सहज थिएन,’ उनले भने, ‘अहिलेजस्तो प्रविधिको विकास पनि भइसकेको थिएन । त्यसैले त्यतिबेला हामीले फोनिज जन्मायौँ। आज त्यही संस्था २५ वर्ष पुगेछ।’

    चितवनमा भने फोनिजले २०६७ सालदेखि संस्थागतरूपमा काम गर्दै आएको छ। त्यसयता आदिवासी जनजातिका गतिविधिलाई फोनिजको माध्यमबाट बाहिर ल्याउन धेरै सहज भएको नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराले बताए। फोनिजलाई बलियो बनाउन आदिवासी जनजाति महासंघको जिम्मेवारी महत्त्वपूर्ण हुने भन्दै उनले भने, ‘फोनिजका साथीहरूकै कारण पछिल्ला समय हामीले गरेका सबैजसो गतिविधिले कहीँ न कहीँ स्थान पाएको छ। हाम्रो कुरा पनि एक ठाउँको कार्यक्रमबाट जनमानसमा छर्न पाएका छौँ।’

    फोनिज चितवनका कार्यवाहक अध्यक्ष तुलमान गुरूङले पछिल्लो समय सञ्चारमाध्यममा आएका नयाँ फोनिजकर्मीलाई संस्था स्थापना र संस्थाको महत्त्वका विषयमा पुनर्ताजगी दिलाउनको लागि रजत वर्षको उपलक्षमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जानकारी दिए। फोनिज चितवनकी सहसचिव सविता दराईले स्वागत मन्तव्य दिएको कार्यक्रममा फोनिज चितवनका संस्थापक एवम् पूर्वसचिव÷पूर्व सङ्घीय सदस्य राजु चौधरी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगर लगायतको सहभागिता थियो।

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.