• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरमा दोश्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला ,तयारी तीब्र


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • चितवन । महिला उद्यमशिलताको प्रबद्र्धन गर्न र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत आयोजित “दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१” को तयारी पारिएको छ ।
    उद्यमशील महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट गर्ने र दिगो उद्यमशिलतालाई टेवा पु¥याउने उद्देश्यका उक्त मेला हुन गईरहेको हो । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा महिलाहरुको हरितालिका तीजको अवसर पारेर २०८१ भदौ ०७ गतेदेखि ११ गतेसम्म “दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१” आयोजना हुन लागेको हो ।

    Advertisement

    महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्ने, नेपालका साना महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न र उनीहरुका लागि बजार खोज्ने, ब्रान्ड र कम्पनीको छवी बढाएर महिला उद्यमीहरूको उत्पादन र सेवाहरू प्रवद्र्धन गर्ने, उत्पादनको बजारीकरणका लागि महिला उद्यमीको सञ्जाल फराकिलो गरी महिलाका लागि लगानीको अवसर खोज्ने एक्स्पोको उद्देश्य रहेको बताईएको छ ।
    एक्स्पोमा ै लक्षित प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत नयाँ उत्पादनहरूको प्रदर्शन तथा प्रबद्र्धन गरिने, महिलाहरुका लागि स्वरोजगार र उद्यमशीलताका लागि सीप विकासका सम्भावनाहरू खोज्ने, महिला उद्यमीहरुलाई उद्यमशिलताको जगतामा थप हौसला प्रदान गर्ने, साथै तीज पर्वलाई उद्यमशिल सम्बन्धि अनुभवहरु साट्दै सामुहिक रुपमा मनाउने उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।
    एक्स्पो अन्तर्गत हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स, विभिन्न परिकारका खानाका स्टलहरु लगायतका ६० भन्दा बढी स्टलहरु रहने छन् ।
    मेलामा तीजका लागि उपयोगी हुने उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, तीज गीत प्रतियोगिता, महिला उद्यमशिलताको सम्भावना, अवसर र चुनौती शीर्षकमा प्यानल छलफल सहित नीतिगत वहस, उद्यमशिलता सम्बन्धि आदानप्रदान तथा उद्यमी उत्पे्ररणाका कार्यक्रम, निःशुल्क वस सेवा लगायत सेवाहरु रहेको आयोजकको भनाई छ ।

    एक्स्पोमा प्रदर्शकको रुपमा सहभागी हुन चाहने व्यक्ति वा संघ–संस्थालेआफ्नो उत्पादन तथा सेवाको स्टल राख्न सक्नेछन् भने एक्स्पोमा प्रायोजक, सह–प्रायोजकको रुपमा इच्छुक विभिन्न उद्योग प्रतिष्ठानले समेत सहकार्य गर्न सक्नेछन् ।
    निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोबाट वचत हुन आउने रकमलाई महिला उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जनाएको छ ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.