• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

संस्थागत क्षमता मुल्यांकनमा कालिका नगरपालिका तेस्रो भरतपुर महानगर चौथोे


  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
  • कालिका । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता मुल्याङकन(लिजा) मा रत्ननगर पहिलो हुँदा कालिका नगरपालिका तेस्रो हुन सफल भएको छ ।
    खैरहनी नगरपालिका जिल्लामै दोस्रो हुँदा विकासको हिसावले अग्रणी स्थानमा रहेको जिल्लाको एकमात्र महानगरपालिका भरतपुर भने चौथो भएको छ । भरतपुर महानगरपालिका चर्चामा रहेपनि भरतपुरलाई उछिन्दै ग्रामिण क्षेत्रमा रहेको कालिका नगरपालिका तेस्रो भएको हो ।
    कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सबै भन्दा पछि स्थापना भएको कालिकाले भरतपुर महानगरपालिका भन्दा एक स्तर माथि हुनु राम्रो पक्ष भएको बताउनु भयो ।
    रत्ननगर र खैरहनी क्रमश जिल्लामा प्रथम र दोस्रो हुँदा कालिकाले सुरक्षित गरेको स्थान सन्तोष जनक रहेको उहांँले बताउनु भयो ।
    लिजालाई चाहिने फोहोर व्यवस्थापन लगायत अन्य काम गर्ने तयारीमा रहेको भन्दै उहांँले तोकिएको सुचकहरु पुरा गरी अहिलेको नतिजाले उत्साहित हुँदै आगामी आर्थिक बर्षमा पहिलो र दोस्रो हुने प्रयास गर्ने मेयर रेग्मीको भनाई छ ।
    जनप्रतिनिधिको बेमेलका कारण लथालिङ्ग रहेको चितवनको राप्ती नगरपालिका स्थानीय तह संस्थागत क्षमता मुल्याङकनबाट बाहिरिएको छ । यस्तै इच्छाकामना गाउँपालिका पाँचौ र माडी नगरपालिका छैठौ भएको छ ।
    देशभरमा तेस्रो, प्रदेशमा दोस्रो र जिल्लामा पहिला भएको रत्ननगरले ९१ दशमलव ५० अंक प्राप्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रबन्धक ९, संगठन तथा प्रशासन ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ७ दशमलव ७५, वित्तीय एंव आर्थिक व्यवस्थापन १० दशमलव ७५, सेवा प्रवाह १४ दशमलव २५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११ दशमलव २५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७ दशमलव ७५, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको हो ।

    Advertisement

    प्रदेशमा तेस्रो र लिल्लामा दोस्रो भएको खैरहनीले ८९ दशमलव ७५ अंक प्राप्त गरेको छ । सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ६ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ९ दशमलव २५, वित्तीय एंव आर्थिक व्यवस्थापन ९ दशमलव ७५, सेवा प्रवाह १५ दशमलव ७५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ९ दशमलव २५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ । लिजाको मुल्याङकनमा जिल्लामै तेस्रो भएको कालिकाले अंक ८५ प्राप्त गरेको छ ।

    सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ६, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव २५, वित्तीय एंव आर्थिक व्यवस्थापन १०, सेवा प्रवाह १३ दशमलव २५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ९ दशमलव ७५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ७५, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको छ ।

    लिजाको मुल्याङकनमा कुल ८३ दशमलव २५ अंक प्राप्त गरेको सो भरतपुर महानगरपालिकाले शासकीय प्रबन्धक ८ दशमलव २५, संगठन तथा प्रशासन ५ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव ५, वित्तीय एंव आर्थिक व्यवस्थापन ९ दशमलव २५, सेवा प्रवाह १३ दशमलव ७५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११ दशमलव ५, सामाजिक समावेशीकरण ६ दशमलव २५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ८, सहकार्य र समन्वय ५ अंक पाएको छ ।
    कुल ७५ दशमलव २५ अंक प्राप्त गरेको इच्छाकामना गाउँपालिकाले शासकीय प्रवन्धक ७ दशमलव ७५, संगठन तथा प्रशासन ५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव ५, वित्तीय एंव आर्थिक व्यवस्थापन १० दशमलव ७५, सेवा प्रवाह ११ दशमलव ५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ७ दशमलव ७५, सामाजिक समावेशीकरण ६ दशमलव ५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ५, सहकार्य र समन्वय ५ अंक प्राप्त गरेका छन् ।
    माडी नगरपालिका ७२ अंक प्राप्त गरी जिल्लामै छैठौं भएको हो । माडीले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८, वित्तीय एंव आर्थिक व्यवस्थापन ७, सेवा प्रवाह १४, न्यायिक कार्यसम्पादन ६ दशमलव ५, भौतिक पूर्वाधार ७ दशमलव ७५, सामाजिक समावेशीकरण ५ दशमलव ७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ५, सहकार्य र समन्वय १ दशमलव ५ अंक प्राप्त गरेको छ ।

    बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.