चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित बोष्टन इन्टरनेशनल कलेजले बिएचएम कार्यक्रमलाई लक्षित गर्दै बिएचएम हाउस कार्यक्रम सम्पन्न गरेको छ । मंंगलबार कलेजले होटल तथा पर्यटन उद्योगका राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याति प्राप्त विज्ञहरुबीच ओपन हाउस सम्पन्न गरेको हो । सो अवसरमा मा विज्ञहरुबीच प्यानल डिस्कसन विद्यार्थी र अभिभावकका जिज्ञासा समाधान गरिएको थियो । कार्यक्रममा आइटीसी होटल भारतका पूर्व उपाध्यक्ष एवं बोष्टन कलेजका कन्सल्ट्याण्ट मनोज वीरमानी, नेपालका पहिलो फाइभस्टार एक्जिक्युटिभ सेफ तथा राजकीय सेफ सन्तोष शाह, बाराही जंगल लजका जनरल मेनेजर प्रकाश चन्द, कल्पबृक्षका संस्थापक निर्देशक सिता अधिकारी,सिएमटी रिसोर्टका एक्ज्युकेटिभ सेफ राजन कुमाल लर्निङ्ग एण्ड डिभलपमेन्ट विभाग, सोल्टी होटलका क्लष्टर निर्देशक रुपेश श्रेष्ठ सहभागी थिए ।कार्यक्रममा रुपेश श्रेष्ठले मोडरेटरको भुमिका निभाएका थिए भने, कार्यक्रमको समापन गर्दै कलेजका अध्यक्ष आनन्द चन्दले अध्ययनको गुणस्तर र विद्यार्थीहरुका क्यारियरका लागि कलेजले कुनै कसर बांँकी नराख्ने बताएका थिए ।
सो अवसरमा बोष्टन कलेजमा विएचममा भर्ना हुने विद्यार्थीलाई ओरिन्टेसन कार्यक्रममा सेप्टेम्बर २२, २३ मा पांँचतारे होटल मेरियटमा गरिने, विद्यार्थीलाई अध्ययनको क्रममा ४०० घण्टा भन्दा बढी तलब सहितको काम अवसर दिलाइने, १८ महिनाको इन्र्टनसिप उपलब्ध गराइने,पांँचवटा भन्दा बढी पांँचतारे होटलको अध्ययन भ्रमण गराइने , निशुल्क फ्रेञ्च र चाइनिज भाषाको कक्षा सञ्चालन गरिने ।बिएचएम अध्ययन पश्चात रोजगारीको ग्यारेन्टी दिइने कलेज प्रतिबद्धता व्यक्त गरेको छ ।
पोखरा विश्वविद्यालय सम्बन्धन प्राप्त यो कलेजमा बिबिए,बिबिए फिनान्स,बिसिएसआइटी एमबिएका कार्यक्रमहरु सञ्चालन हुंँदै आईरहेका छन । आगामी शैक्षिक सत्रदेखि व्याचलर अफ होटल मेनेज्मेन्ट कार्यक्रम सञ्चालन गर्ने कलेजको तयारी छ । कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो ।