• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ३. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ४. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ५. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ६. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

लभर्स पोइन्टका सुजनलाई केक बेच्न भ्याई–नभ्याई, एकैदिनमै आयो तीनसयवटा बढीको अर्डर


  •   बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
  • भरतपुर । केक नेपाली संस्कृतिबाट आएको परिकार होइन, तैपनि कुनै पनि महोत्सव, पर्व या भनौं कुनै खुशीयाली मनाउन केक काट्ने काम अनिवार्य जस्तै भइसकेको छ । जनमानसमा केकले आफ्नो छुट्टै छाप बनाइसकेको छ । बालबालिकादेखि बृद्धसम्मको जन्मदिनमा केक काट्दै खाइरहेको तस्बिर सामाजिक संजालमा छ्यापछ्याप्ति देख्न सकिन्छ ।
    संस्थाको वार्षिकोत्सव, विवाह, जन्मदिन पनि केक विना अधुरो जस्तै भएको छ । आजकाल त आमा–बुबाको मुख हेर्ने दिन, गुरु पूर्णिमा र भाईटीकाको दिन केक लिनको लागि लामो लाइन नै बस्नुपर्ने जस्तो भइसक्यो ।
    भर्खरै मात्र सकिएको कुशे औसी अर्थात बुबाको मुख हेर्ने दिनमा नेपालमा केकको व्यापार अत्यधिक भएको देखिएको छ । केही बर्ष अघि सम्म परम्परागत तरिकाले मनाउने गरिएको यस्ता पर्वहरूमा अहिले केक काट्ने चलन सामान्य जस्तै बन्दै गएको छ ।
    बुवाको मुख हेर्ने दिन मात्रै भरतपुर १० सप्तगण्डकी चोकमा रहेको लभर्स पोइन्ट केक एण्ड क्याफेले अहिलेसम्मकै धेरै केक बेचेको बताएको छ । यस अगाडि मातातिर्थ औसीमा झण्डै तीन सय भन्दा धेरै केक बेचेको सञ्चालक सुजन सुवेदीले बताए । उनले भने “केकको ब्यापार यसपालि झनै धेरै भयो, यसरी बढ्छ भन्ने सोचेको पनि थिइन , चितवनको केक पसल अधिकांशले राम्रै व्यापार गरे भन्ने लाग्छ ”
    अनलाइन बाट बढ्यो व्यापार

    Advertisement

    पछिल्लो समय अनलाइन व्यापार फस्टाएको छ । त्यसमा पनि केकको व्यापार अधिक हुने गरेको छ । बिदेशमा भएका सन्तानहरूले बुबाको मुख हेर्ने दिनमा अनलाइन बाट केक अर्डर गरेर खुसी साटेका उनले बताए ।
    भरतपुर ९ का प्रदिप पौडेल अहिले अष्ट्रेलिया छन् उनले यसपालि पहिलोपटक बुबाको मुख हेर्नका लागि अनलाइन बाट केक अर्डर गरेर खुसीयाली मनाएको बताए । ‘यहांँबाट अर्डर गरेर घरमा पठाए , सबै सर्प्राईज हुनुभयो , यो नै खुसीको पल हो ।’ उनले भने ।

    उनी जस्तै १५० भन्दा धेरैले अनलाइन र फेसबुकबाट अर्डर गरेको केक व्यवसायी सुजन सुवेदीले बताए । हामीकहा अहिले अनलाइन बाट पनि व्यापार बढेको छ । अर्डर आउँछ लोकेशन सहित हामी फ्रि डेलिभरी दिन्छौ । लभर्स पोइन्ट केक एण्ड क्याफेको अर्को शाखा भरतपुर ४ लंकुमा रहेको छ ।
    क्यामेरामेन बाट केक मेकर सम्म

    भरतपुर ९ का वासिन्दा सुजन सुवेदी उमेरले भर्खर २४ पुगेका उनी सानै उमेरबाट व्यवसायीक रूपमा चिनिएका युवा हुन् । २०७४ सालबाट क्यामेरा संग संगत गरेका उनले बिवाह , कार्यक्रम लगायत डकुमेन्ट्री खिच्ने , सम्पादन गर्ने काम गर्दै पछि केक व्यवसायमा हात हालेका हुन् ।

    देशमै केही गर्ने योजना रहेको बताउने उनले अहिले लभर्स पोइन्ट स्टुडियो र केक सपमा गरि झन्डै ७० लाख लगानी गरिसकेका छन् । उनले यो लगानी काम गरेको आम्दानीले थप्दै गरेको बताए ।

    बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ३.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ४.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ५.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    • ६.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.