चितवन । चितवन उद्योग संघको विधानको दफा ३४.२ बमोजिम संघको ३२ औं साधारणसभाबाट निर्वाचित ६ जना उपाध्यक्षहरुबाट गभर्निङ काउन्सिलको सिफारिसका आधारमा संघका उपाध्यक्षहरु मध्ये मदन घिमिरे बरिष्ठ उपाध्यक्षमा चयन हुनु भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले १७ औं कार्यसमितिको एक विशेष बैठकमा मदन घिमिरेलाई बरिष्ठ उपाध्यक्ष चयन हुनुभएको घोषणा गर्नुभएको थियो ।
गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलले बरिष्ठ उपाध्यक्षमा रहँदा संघको मर्म र भावना अनुरुप संघको हितानुकुल कार्य गरी संघको उचाईलाई कायम राख्न आग्रह गर्नुभयो । खरेलले बरिष्ठ उपाध्यक्षमा चयन घिमिरेको सफल कार्यकालको बधाई एवम् शुभकामना समेत व्यक्त गर्नुभयो ।
बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले पदभार ग्रहण गर्दै संघको उचाईलाई कायम राख्न आफू हरतरहले लागि पर्ने बताउनुभयो । अहिले आफू बरिष्ठ उपाध्यक्ष मात्र चयन भएको अझै धेरै कामहरु गर्न बाँकी रहेको हुँदा सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । काम गर्ने सिलसिलामा आफूले संघको आँच आउने कुनैपनि कार्य गरेमा आफू त्यसको भागीदार हुने समेत बताउनुभयो ।
पदभार कार्यक्रममा संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, काउन्सिलका निवर्तमान अध्यक्ष सोमराज मरहट्टा, काउन्सिलका सदस्यहरु हरि प्रसाद सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।