• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

प्रजातन्त्रका हिमायती चन्द्रकान्तलाई मरणोेप्रान्त कांँग्रेसले सम्मान गर्दै


  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
  • चितवन । बि. सं. २०६२÷०६३ को आन्दोलनमा राजधानी काठमाडौंका सडकमा मान्छेको हुलको बिचमा ठूलो झण्डा फहराउँदथ्यो । धेरैका हातमा झण्डा थिए । तिनका बिचमा फहरिएको ठूलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने हुनुहुन्थ्यो ।
    राजतन्त्रको बिरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप आन्दोलनका लागि काठमाडौं पुग्नुभएको थियो । त्यतिबेला मात्र होईन बि. सं. २०३६ साल यताका सबै आन्दोलनमा ठूलो झण्डा बोकेर प्रजातन्त्रका लागि उहाँ अनबरत लाग्नुभयो । उहाँका कान्छा छोरा बुद्धिकान्त न्यौपानेका अनुसार बि. सं. २०३६ सालमा बिपि कोईराला क्याम्पाचौरमा आउने कार्यक्रममा तत्कालिन सत्तापक्षले कार्यक्रम बिथोल्न साँढेलाई पेट्रोल छर्किएर छाड्दा साँढेले कुल्चिएर घाईते हुनुभएकी चन्द्रकान्तका आमा हरिमायाँको पछि मृत्यु भएको थियो । चन्द्रकान्तले आमालाई समेत कार्यक्रममा ल्याउनु भएको थियो ।

    Advertisement

    त्यस पछिका दिनहरुमा उहाँ अनबरत रुपमा नेपाली काँग्रेस र त्यसले संञ्चालन गरेका हरेक आन्दोलनमा अग्र पंङ्तिमा देखिनु हुन्थ्यो । प्रजातन्त्रका सेनानी न्यौपानेका छोरा बुद्धिकान्तले भन्नुभयो “मेरो बुबा हरेक आन्दोलनमा दैनिक जसो पक्राउ पर्ने गरेको हामीले बाल्यकालमा देख्यौ ।” घरमा प्रहरी गएर आमा सहित आँफुहरुलाई धम्काउने, बुट बजार्ने र यातना दिने गरेको उहाँ बताउनुहुन्छ । चन्द्रकान्तका चार भाई छोरा र एक छोरी छन् । छोरा सूर्यकान्तलाई बि. सं. २०४६ सालको आन्दोलनमा बाबु ल्याईज भन्दै १५ दिन हिरासतमा राखेको उहाँ सम्झनुुहुन्छ । त्यसो त बि. सं. २०४२ सालमा लामो समय प्रजातन्त्रका सेनानी न्यौपाने हिरासत बस्नुभएको थियो । बुद्धिकान्तले भन्नुभयो “हामीले थाहा पाएपछिका आन्दोलनमा बुबा कती हिरासत बस्नुभयो गनिसाध्य छैन ।”

    आन्दोलनमा अग्र पंङ्तिमा हुने भएकाले पक्राउ परेर धेरैपटक साँझ उहाँ छुट्नुहुन्थ्यो । बि. सं. २०४६ सालको आन्दोलनमा उहाँको टाउको ल्याउनेलाई रु ५० हजार पुरस्कार समेत राखिएको थियो । बि. सं. १९९२ पुस २७ गते लम्जुङ्को दुरडाँडाको देउता पानीमा जन्मनु भएका चन्द्रकान्त न्यौपाने बि. सं.२०६९ साल भदौ २८ गते तत्कालिन सभापति शुशिल कोइरालालाई भेट्न काठमाडौं जाँदै गर्दा दुर्घटनामा परि निधन भएको थियो ।

    त्यसो त माइक्रोबसमा रहनु भएका न्यौपानेले पछाडी सिटमा बस्ने बच्चा सहितकी महिलालाई ठाउँ दिएर आँफु पछिल्लो सिटमा बस्दा पछाडीबाट ट्रकले ठक्कर दिएर अन्तिम सिटमा बस्नुभएका उहाँको निधन भयो । उनै प्रजातन्त्रका सेनानी न्यौपानेको सम्झनामा उहाँको निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरमा नेपाली काँग्रेस वडा कमिटिले १२ औं स्मृति सभा गरेर शुक्रबार सम्मान गर्दै छ । पार्टीका नेता डा. शशांक कोइरालाको उपस्थितिमा उहाँको सम्झना गर्न लागिएको हो ।

    बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.