• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

प्रजातन्त्रका हिमायती चन्द्रकान्तलाई मरणोेप्रान्त कांँग्रेसले सम्मान गर्दै


  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
  • चितवन । बि. सं. २०६२÷०६३ को आन्दोलनमा राजधानी काठमाडौंका सडकमा मान्छेको हुलको बिचमा ठूलो झण्डा फहराउँदथ्यो । धेरैका हातमा झण्डा थिए । तिनका बिचमा फहरिएको ठूलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने हुनुहुन्थ्यो ।
    राजतन्त्रको बिरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप आन्दोलनका लागि काठमाडौं पुग्नुभएको थियो । त्यतिबेला मात्र होईन बि. सं. २०३६ साल यताका सबै आन्दोलनमा ठूलो झण्डा बोकेर प्रजातन्त्रका लागि उहाँ अनबरत लाग्नुभयो । उहाँका कान्छा छोरा बुद्धिकान्त न्यौपानेका अनुसार बि. सं. २०३६ सालमा बिपि कोईराला क्याम्पाचौरमा आउने कार्यक्रममा तत्कालिन सत्तापक्षले कार्यक्रम बिथोल्न साँढेलाई पेट्रोल छर्किएर छाड्दा साँढेले कुल्चिएर घाईते हुनुभएकी चन्द्रकान्तका आमा हरिमायाँको पछि मृत्यु भएको थियो । चन्द्रकान्तले आमालाई समेत कार्यक्रममा ल्याउनु भएको थियो ।

    Advertisement

    त्यस पछिका दिनहरुमा उहाँ अनबरत रुपमा नेपाली काँग्रेस र त्यसले संञ्चालन गरेका हरेक आन्दोलनमा अग्र पंङ्तिमा देखिनु हुन्थ्यो । प्रजातन्त्रका सेनानी न्यौपानेका छोरा बुद्धिकान्तले भन्नुभयो “मेरो बुबा हरेक आन्दोलनमा दैनिक जसो पक्राउ पर्ने गरेको हामीले बाल्यकालमा देख्यौ ।” घरमा प्रहरी गएर आमा सहित आँफुहरुलाई धम्काउने, बुट बजार्ने र यातना दिने गरेको उहाँ बताउनुहुन्छ । चन्द्रकान्तका चार भाई छोरा र एक छोरी छन् । छोरा सूर्यकान्तलाई बि. सं. २०४६ सालको आन्दोलनमा बाबु ल्याईज भन्दै १५ दिन हिरासतमा राखेको उहाँ सम्झनुुहुन्छ । त्यसो त बि. सं. २०४२ सालमा लामो समय प्रजातन्त्रका सेनानी न्यौपाने हिरासत बस्नुभएको थियो । बुद्धिकान्तले भन्नुभयो “हामीले थाहा पाएपछिका आन्दोलनमा बुबा कती हिरासत बस्नुभयो गनिसाध्य छैन ।”

    आन्दोलनमा अग्र पंङ्तिमा हुने भएकाले पक्राउ परेर धेरैपटक साँझ उहाँ छुट्नुहुन्थ्यो । बि. सं. २०४६ सालको आन्दोलनमा उहाँको टाउको ल्याउनेलाई रु ५० हजार पुरस्कार समेत राखिएको थियो । बि. सं. १९९२ पुस २७ गते लम्जुङ्को दुरडाँडाको देउता पानीमा जन्मनु भएका चन्द्रकान्त न्यौपाने बि. सं.२०६९ साल भदौ २८ गते तत्कालिन सभापति शुशिल कोइरालालाई भेट्न काठमाडौं जाँदै गर्दा दुर्घटनामा परि निधन भएको थियो ।

    त्यसो त माइक्रोबसमा रहनु भएका न्यौपानेले पछाडी सिटमा बस्ने बच्चा सहितकी महिलालाई ठाउँ दिएर आँफु पछिल्लो सिटमा बस्दा पछाडीबाट ट्रकले ठक्कर दिएर अन्तिम सिटमा बस्नुभएका उहाँको निधन भयो । उनै प्रजातन्त्रका सेनानी न्यौपानेको सम्झनामा उहाँको निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरमा नेपाली काँग्रेस वडा कमिटिले १२ औं स्मृति सभा गरेर शुक्रबार सम्मान गर्दै छ । पार्टीका नेता डा. शशांक कोइरालाको उपस्थितिमा उहाँको सम्झना गर्न लागिएको हो ।

    बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.