• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

कफी किसानकी प्रेरणा बन्दै सरस्वती


  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • वैतडी । सुदूरपश्चिम नेपालको बैतडी जिल्ला स्थित पाटन नगरपालिका–१ की ३५ वर्षीया जोशीली किसान सरस्वती भट्टराईले दिगो कफी खेतीमा नयाँ मोड ल्याएकी छन् । कफी नर्सरी विकास र कफी खेतीका अन्य आधुनिक प्रविधिहरूबारे पाएको तालिम नै उनका लागि कफी खेतीमा स्थापित हुने प्रेरक बन्यो । तालिमको ज्ञानले उनलाई आत्मा विश्वास समेत दिलायो ।
    उद्योग वाणिज्य मन्त्रालय अन्तरगतको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा संचालित तालिमबाट सरस्वती जस्ता बैतडी जिल्लाका स्थानीय कृषकहरूलाई आफ्नो कफी नर्सरीहरू विकास गर्न र दिगो कफी खेतीमा नयाँ हासिल गरेको ज्ञान प्रयोग गरेर फार्म विस्तार गर्न प्रेरित गर्‍यो।

    Advertisement

    एक नयाँ अवसर
    २०२४ को सुरुमा इयु टिआइपीद्वारा संचालन गरिएको कफी नर्सरी विकास लगायत दिगो कफी खेतीका विविधपक्षबारेको प्रशिक्षणमा सहभागी हुने अवसर उनले पाएकी थिइन् । सरस्वतीमात्र होइनप्रशिक्षणबाटउनी जस्ता ३२ स्थानीय कृषकहरूलाई आधुनिक प्रविधि र अभ्यासहरूबारे थाहा पाउने अवसर मिल्यो ।कफी खेतीका नविनतम प्रविधिबाट उनीहरूको उत्पादनमा मात्र सुधार गर्दैन वातावरणीय दिगोपन पनि सुनिश्चित गर्दछ।

    “कफी खेती गर्ने प्रविधिको ज्ञान त परैजाओस्मैलेकफी नर्सरी समेत देखेकोथिइनँ।हामीलाई दिइएको प्रयोगात्मक तालिमले नर्सरी निर्माणदेखि लिएर दिगो रूपमा खेती र फसल काट्नेसम्ममलाई कफी खेतीका सबै पक्षहरूबारे परिचय गरायो । अहिले म आफैं कफी नर्सरी तयार गर्न सक्षम भएकी छु,” कफी खेतीमा नवप्रवेशी सरस्वतीले भनिन्।
    उक्त तालिम सरस्वतीलाई यस क्षेत्रमा स्थापित गराउन महत्वपूर्ण साबित भयो। उनले कफी खेती, माटो व्यवस्थापनदेखि कीट नियन्त्रणसम्मको ज्ञानमात्र लिइनन् त्यसलाई व्यवहारमा उतारिन् र छिमकी किसानलाई पनि सिकाइन्। “प्रशिक्षणले कफी खेतीमा नयाँ सम्भावनाहरूबारे मेरो आँखा खोल्यो,” सरस्वती सम्झन्छिन्। “मैले मेरो सानो फार्मलाई क्रमिक रूपमा विस्तार गर्न सक्छु भन्ने लागेको छ ।”

    समर्थन र विस्तार योजना
    तालिमबाट सिकेको ज्ञानबाट उत्साहित सरस्वतीले कफी खेती सुरु गर्न इयु टिआइपी २० वटा नि:शुल्क कफीका बिरुवा प्राप्त गरिन् । नयाँ ज्ञान र स्रोतहरूको पहुँच हुँदै गए पछि सरस्वतीले कफी खेतीलाई विस्तार गर्न आफ्नो फार्ममा नर्सरी बनाइ ११० वटा कफीका बिरुवा उत्पादन गरेकी छिन् । ‘यस वर्ष २ सय र अर्को वर्षको अन्त्यसम्ममा ५ सय कफी बनाउने योजनामा छु,’ सरस्वतीले आफ्नो योजना सुनाइन् ।
    अरूलाई प्रेरणा

    सरस्वतीको सफलताको कथा व्यक्तिगत उपलब्धि मात्र होइन; यो उनको समुदायमा अरूलाई प्रेरणा दिने बारे हो।“मैले प्राप्त गरेको ज्ञानलाई आफ्ना साथीहरूलाई बाँढ्नेमात्र नभइ कफी खेतीमा लाग्न प्रोत्साहित पनि गर्दै आएको छु”, तीन सन्तानकी सरस्वती भन्छिन् ।कफी खेतीमा उनले गर्ने प्रयासमा श्रीमानको पनि साथ रहेको उनले सुनाइन् ।बैतडी जिल्लामा इयु टिआइपीबाट हालै स्थानीय किसानलाई मलसहित १० हजार बिरुवा निःशुल्क वितरण गरिएको छ । यी विरूवाहरू निःशुल्क पाउने मध्ये सरस्वती पनि एक हुन् ।
    समुदायमा सानो सहयोगले पनि केही सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा सरस्वतीको उत्प्रेरक प्रगति उदाहरणले देखिन्छ ।
    कफी किसानकी अगुवा बनेकी सरस्वतीले स्थानीय किसानहरूलाई दिगो अभ्यासहरू अंगाल्न र उनीहरूको सपनाहरू पछ्याउन प्रेरित गर्नेछ।

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.