• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन प्रर्दशनी केन्द्रमा आजदेखि असोज २४ सम्म जुत्ताचप्पल व्यापार मेला


  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुरमा आजदेखि बडादशैं जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ । चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आज असोज १ गतेदेखि असोज २४ गतेसम्म जुत्ताचप्पल व्यापार मेला शुरु भएको हो ।
    मेलाको उद्घाटन बागमती प्रदेश, उधोग वाणिज्य भुमि व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्गले गरेकी हुन् । मेलाको उद्घाटन गर्दै मन्त्री तामाङ्गले नेपालीहरुको हस्तकलद्वारा निर्मित सामाग्रीहरु स्वदेशमै उत्पादित गर्ने, स्वदेशमै प्रयोग गर्न सक्ने, यहाँ पुर्ती गरेर बिदेशमा समेत निर्यात गर्न सक्ने अभिप्रायले सन्चालन भएको मेलाको सफलताको शुभकामना व्यक्त गरिन् ।
    स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले पर्व मेला २०८१ अन्तर्गत जुत्ताचप्पल व्यापार मेला आयोजना गरिएको सह–आयोजक संस्था, वेश ग्लोबल प्रा.लि.का अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेला बिहान ९ बजे देखी बेलुका ७ बजे सम्म सन्चालन हुनेछ ।
    मेलामा ८ कम्पनीका ३ हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिने छ । मेलामा ४० वटा स्टल रहने छ । नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले जानकारी दिए ।
    मेलामा ३५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र २ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा करिब १ लाख ५० हजारले अबलोकन गर्ने अनुमान गरिएको उनले बताए । प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ ।

    Advertisement

    जुत्ता, चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । साथै मेला अन्तर्गत असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिनेछ ।
    साथै, मेलामा जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुले चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाइक, शेयर गरेमा तुरुन्त २ प्रतिशत क्यास ब्याग समेत प्राप्त गर्न सक्नेछन् ।

    नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरुले देशको उद्यमशिलता र अर्थतन्त्रमा महत्वपूर्ण हिंसा ओगटेको सन्दर्भमा स्वदेशी उत्पादन प्रयोगका लागि आम जनतालाई सकारात्मक सन्देश दिन वडा दशैं जुत्ता चप्पल व्यापार मेला–२०८१ सहयोगी हुने अध्यक्ष उपाध्यायले बताए । उक्त प्रदर्शनी हलमा बिगत २ बर्षदेखी चार्डपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला भएको आयोजना हुँदै आएको छ ।

    त्यस्तै कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष सुर्य प्रसाद न्यौपाने चितवन उधोग संघले बिगत २०४७ सालदेखि औधोधिक प्रबर्दनको हेतुले उधमशिलता बिकासका लागि र राज्यलाई मजबुत बनाउने उदेश्यले राज्यले लिएको औद्योगिक अभियानहरुरुलाई सधैं साथ दिईरहेको बताए । साथै उनले यस जुत्ता चप्पल मेला भव्यरुपमा सफल हुने विश्वास लिएको बताए ।

    मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.