भरतपुर, अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था लि. को रजत जयन्तिको अवसरमा आयोजित विविध कार्यक्रम समापन भएका छन् । रजत जयन्ती मनाउने क्रममा बिहीबार रजत जयन्ति समारोह तथा स्मारिका बिमोचन र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा भरतपुर ५ का वडाध्यक्ष युद्ध प्रसाद श्रेष्ठ, जिल्ला सहकारी संघ चितवनका सचिव शरद कुमार बर्तौला, सहकारीका सस्थापक अध्यक्ष एवं सल्लाहकार नवराज चापागाई, जिल्ला सहकारी संघ चितवनका कोषाध्यक्ष तथा संस्थाका सल्लाहकार पदमपाणी सुवेदी, भरतपुर ५ का वडा सदस्य विशाल बावु तिमिल्सेना, मुना तामाङ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ चितवनका संचालक सदस्य रामजी पौडेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगाले, नवदुर्गा भवानी साकोसका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, कल्याण टोल विकास सस्थाका अध्यष विष्णु प्रसाद चालिसे, सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद आचार्य, निवर्तमान अध्यक्ष एवं सल्लाहकार लेखनाथ खनाल, लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर सुवेदी, शेयर सदस्य विष्णु भट्टराई, अम्विका उप्रेती पोखरेल लगायतले बोल्नु भएको थियो । कार्यक्रम सहकारीका सचिव राजीव ओझाले संचालन गर्नु भएको थियो ।
सहकारीले बचत तथा ऋण परिचालन, दुग्ध संकलन तथा खरिद विक्री, दाना चोकर खरिद बिक्री, मल विउ खरिद विक्री, रेमिट्यान्स सेवा तथा विजुली र खानेपानी विल महसुल, शेयर सदस्य केन्द्रित विभिन्न तालिम, गोष्ठि तथा भ्रमणलगायतका सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम गर्दै आएको सहकारीका सहसचिव तथा रजत जयन्ति प्रचार प्रसार समितिका संयोजक विष्णु दवाडीले जानकारी दिनु भयो । २०५७ साल असोज ३ गते ५० जना शेयर सदस्यहरुवाट स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र भरतपुर महानगरपालिकाको वडा नं १ देखि १५ सम्म रहेको छ ।