• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बोष्टन कलेजले पाचौं संस्करणको बोष्टन फिएष्टा गर्दै


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर–१० स्थित बोस्टन इन्टरनेसनल कलेजले आगामी सेप्टेम्बर २७ र २८ असोज ११ र १२ का दिन ५औँ बोस्टन फिएस्टा कार्यक्रम गर्न लागेको छ । कलेजले अन्तरराष्ट्रिय विश्वविद्यालयका विद्यार्थी र बोष्टन कलेजका विद्यार्थीबीच ज्ञान आदान प्रदान गर्न बोष्टन फिएष्टाको आयोजना गर्न लागेको हो । कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी फिएष्टाको बारे जानकारी दिएको छ ।
    सो अवसरमा बोल्दै कलेजका निर्देशक पुष्पराज अधिकारीले यस कार्यक्रमले विद्यार्थीहरूको क्षमता विकास र रचनात्मकता क्षमता अभिवृद्धि गर्न मदत पुग्ने बताउनु भयो ।

    Advertisement

    निर्देशक अधिकारीका अनुसार सेप्टेम्बर २७ मा प्यानल डिस्कसन हुनेछ। यस कार्यक्रममा दिगो विकास र आर्थिक वृद्धि विषयमा विभिन्न विशेषज्ञहरूले आफ्नो विचार प्रस्तुत गर्नेछन्, जसले सहभागीहरुलाई महत्त्वपूर्ण जानकारी प्रदान गर्नेछ।

    यस्तै सेप्टेम्बर २८ मा ब्यान्ड प्रतियोगिता हुनेछ, जसको विजेताले २५ हजारको पुरस्कार प्राप्त गर्नेछ। यस विशेष अवसरमा चर्चित रकहेड्स ब्यान्डले आफ्नो प्रस्तुति दिने र दर्शकहरूलाई एक अद्भुत संगीत अनुभव प्रदान गर्ने अधिकारीले जानकारी दिनुभयो ।
    यस वर्षको बोस्टन फिएस्टामा डा डिवाई पाटिल बिजनेस स्कुलका विद्यार्थी र प्राध्यापकहरूको पनि सक्रिय सहभागिता रहनेछ। त्यस्तै, जान्सन्स स्कूल अफ बिजनेसका विद्यार्थीहरू पनि यस कार्यक्रममा भाग लिनेछन्, जसले कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरमा थप समृद्ध बनाउनेछ।
    बोस्टन इन्टरनेसनल कलेजका विद्यार्थीहरूले सधैँ नयाँ रचनात्मक कार्यक्रमहरूको आयोजना गर्दै आएका छन्, र यस वर्ष पनि ५० भन्दा बढी प्रायोजकहरूको सहयोगले कार्यक्रमलाई समृद्ध बनाउन जुटिरहेका छन्। यस कार्यक्रमका प्रमुख प्रायोजकहरूमा हिरो डिलर युरो मोटर्स टाइटल स्पोन्सर र पर्ल चामल रुङ्ता समूह को–टाइटल स्पोन्सर रहेका छन् । यी प्रायोजकहरूको समर्थनले कार्यक्रमको सफलतामा योगदान पु¥याउने अपेक्षा छ ।

    कलेजले पोखरा विश्वविद्यालयअन्तर्गत बिबिए, बिबिए फाइनान्स, बिएससी आइटी, बिएचएम र एमबिए जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, र यहाँका विद्यार्थीहरूले हरेक वर्ष वार्षिक परीक्षामा स्वर्ण पदकसहित उत्कृष्ट नतिजा ल्याउँदैछन्।

    कार्यक्रम प्रबन्धक श्रद्धा बिष्टले मिडियासँग सहयोगको अपिल गर्दै भनिन्, “हामी यहाँका सबै मिडियाकर्मीहरूलाई हाम्रो ५औँ बोस्टन फिएस्टाको प्रचारमा साथ दिन अनुरोध गर्छौं। विद्यार्थीहरूको प्रतिभा र रचनात्मकता प्रकट गर्न यो एक अवसर हो।”

    बोस्टन इन्टरनेसनल कलेजले यहाँका विद्यार्थीहरूको उज्जवल भविष्यको लागि सधैं नयाँ अवसरहरू प्रदान गर्दै आएको छ। यस कार्यक्रममा सहभागिता गर्न सबैलाई स्वागत गरिएको छ।

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.