• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनमै पहिलोपटक प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुंँदै


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • भरतपुर । “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि खेलकूद”भन्ने नाराका साथ चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ चितवनको आयोजनामा हुन लागेको “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को तयारी अन्तिम चरणमा पुगेको छ ।
    भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी विजया दशमी, शुभदीपावली, छठ तथा नेपाल संवतको पूर्व सन्ध्यामा हुन लागेको “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१ को तयारी आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।

    Advertisement

    पुरुष शारीरिक सुगठन प्रतियोगितातर्फ ५५ के.जि., ६० के.जि., ६५ के.जि., ७० के.जि., ७५ के.जि., ७५ के.जि.भन्दा माथि प्रतिस्पर्धा गराईनेछ । त्यस्तै प्रतियोगिता अन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरुबीच माष्टर वेट खुल्ला पुरुषतर्फ पनि प्रतिस्पर्धा गराईने चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङ्गले जानकारी दिनुभयो ।
    प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फष्ट रनरअफ (सेकेण्ड) लाई २० हजार र सेकेण्ड रनरअफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर प्रदान गरिनेछ । छुट्टाछुट्टै ६ वटा वेट क्याटगोरीबाट छनौट भएका गोल्ड मेडलिष्टहरु बीच प्रतिस्पर्धा गराए पछि छनौट हुने प्रतियोगिले नै मिष्टर चितवन २०८१ को बिजेता बन्नेछन् ।
    बिजेताले एकलाख पचास हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
    “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को महिलातर्फ खुल्ला रुपमा भाग लिन पाउने व्यवस्था मिलाइएको छ । महिलातर्फ हुने ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेता हुनेले रु ५० हजार, फष्ट रनरअफ (सेकेण्ड)हुनेले रु २५ हजार र सेकेण्ड रनरअफ (तृतीय)हुनेले रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
    चितवनमानै पहिलो पटक आयोजना हुन लागेको प्रथम मिष्टर चितवन प्रतियोगिता खेलकूदप्रेमीहरुको लागि निकै अवसरको रुपमा लिइएको प्रतियोगिता अन्य खेलहरु मध्ये विशेष महत्वको रुपले हेरिएको र यस प्रतियोगितालाई सम्पन्न २० लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।

    प्रतियोगिताको अन्तर्राष्ट्रिय रुपमा विभिन्न कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्वाह गरेर्का पाँच पटकसम्म मिष्टर नेपाल बिजेता प्रताप काजी बरिया प्रमुख निर्णायकको भूमिका रहने गरी ९ जना सहायक निर्णायकहरुले कार्याक्रममा सहभागिता जनाउने नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका सचिव श्री दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभयो ।
    कार्यक्रमको मुख्य प्रायोजकमा युरो अटोमोटिभ प्रा.लि.(विवाईडि), सह–प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल प्रा.लि., प्रर्वद्धकमा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका, हस्पिटल पार्टनरमा नेशनल सिटी हस्पिटल, रेष्टुरेण्ट पार्टनरमा पाते ढिडो बिच रिसोर्ट, टिकट सौजन्य चितवन ह्यानकुक रेष्टुरेण्ट (साराङ), हस्पिटालिटी पार्टनरमा चितवन मिडटाउन रिसोर्ट, मिडिया पार्टटरमा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि. रहेका छन् ।

    असोज १२ गते, शनिबार भरतपुर स्थित चितवन मिडटाउन रिसोर्टमा हुने फाइनल प्रतियोगितालाई नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय अध्यक्ष राजेश बाबु श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
    चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीर बहादुर राना मगरले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रमलाई चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका उपाध्यक्ष इन्द्र श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.