• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

गैंडाकोटमा कात्तिक २३ देखि मंसिर १० सम्म औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • चितवन । गैँडाकोट स्थित नारायणी नदी किनारमा दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव २०८१ हुने भएको छ । स्थानीय उत्पादनको प्रर्वद्धनको साथै व्यवसायलाई प्रर्वद्धन गर्ने उद्धेश्यसहित कात्तिक २३ देखि मंसिर १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

    Advertisement

    नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले शनिबार गंैंडाकोटमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
    पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य महासंघ,गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले थलिएको पर्यटनलाई उकास्न तथा स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो । ‘कोरोना पछि सबै उद्योग,व्यवसाय क्षेत्र तहसनहस भयो । सयौं व्यवसाय बन्द भए, अध्यक्ष भट्टचनले भन्नुभयो , यस महोत्सवले केही राहत र आर्थिक चलायमान हुन मदत गर्ने विश्वास लिएका छौं ।’
    अध्यक्ष भट्टचनले अघिल्लो बर्षभन्दा महोत्सव केही पृथक हुने र यसबर्ष कृषि क्षेत्रलाई बढी प्राथमिकता दिने उहांँले बताउनु भयो । ‘अहिले हाम्रो कृषि क्षेत्र प्राथमिकतामा पर्दछ, यसको प्रर्वद्धनको लागि ३० देखि ५० वटा स्टल निःशुल्क गर्ने भएका छौं ।’ उहांँले भन्नुभयो ।
    ‘आर्थिक विकासको मूल आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजित मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सभावनाको खोजी तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्य रहेको महासंघका अध्यक्ष भट्टचनको भनाई छ ।
    महोत्सवमा करिब ३ सयवटा स्टलहरु रहने बताईएको छ । महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।
    महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम र बाल उद्यान पनि समावेश गरिने बताइएको छ । समुद्घाटनको अवसरमा विभिन्न जातजाति र संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिने छ ।मेलामा १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । सो टिकट खरिद गर्दा मौलाकाली केबलकारमा ५० प्रतिशत छुट सुविधा दिईने भट्टचनले बताउनु भयो । विद्यार्थीलाई ५० र ७० वर्ष माथिकालाई निशुल्क गरिएको छ ।मेलामा १ करोड ४० लाख खर्च अनुमान गरिएको छ भने ३० लाख बचत हुने अपेक्षा गरिएको छ ।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.