• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

संघाईले दिएको सफलता : मेडिकल व्यवसायमा उचाई चुम्दै दिनेश


  •   बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
  • सूर्यप्रसाद अधिकारी । तीन दशक काटेका उनलाई भेटेका जो कोहीले पनि सम्झने उनको विशेषता हुन् – पातलो शरीर, गालामा टम्म दारी, हंसिलोपन र मिलनसार स्वभाव । झण्डै डेढदशक अघिदेखि राजनीति र फार्मेसी दुई भिन्न क्षेत्रमा आफ्नो आवद्धतालाई निरन्तरता दिएका छन् उनी । भरतपुरको चौबिसकोठीबाट हस्पिटल रोड जाने सडक शुरू हुने वित्तिकै बायाँ पट्टी साँघाइ मेडिकल हलमा जो कोहीको पनि आँखा पर्छ । त्यहीँ जम्काभेट हुन्छ यी खिरिलो शरीरका दारीवाल दिनेश पौडेलसँग । बिहानदेखि बेलुका अबेरसम्म नै उनको समय त्यहीं बित्ने गरेको छ ।

    Advertisement

    राजनीतिमा पनि उत्तिकै दख्खल छन र फार्मेसी पेशामा पनि अब्बल उनी अहिलेको यो अवस्थामा त्यसै पुगेका होइनन् । जीवनको उत्तारचढाव भोगे । परिश्रम र कामको निरन्तरता अपनाए । उनलाई यहाँसम्म ल्याउन यिनै कुरा मूलमन्त्र बने जसले भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीका उनलाई संघाई मेडिकल हल मालिक बनायो।

    उनको विगत र संघर्ष जति प्रेरणादायी छ परिवारको आर्थिक अवस्था भने त्यस्तो दयनीय छैन । बाबुका दुईसन्तान त्यसमध्ये पनि कान्छो छोरा दिनेशलाई पैसा र मायाको कमी हुने कुरै भएन । भरतपुर महानगरपालिकामा पुरानै बासिन्दा , आफूलाई पुग्ने खेतबारी र बाबुको सरकारी शिक्षकको जागिरले पनि उनी आर्थिक हैसियत पनि राम्रै हुने नै भयो । ‘मेरो परिवारमा मै अभाव र दबाब कहिल्यै झेल्नु परेन, मलाई अभाव भन्ने कुन चराको नाम हो त्यो बेलामा के थाहा ? तर सानैदेखि म आफै केही गर्नुपर्छ भन्ने अठोट चाहीं थियो । ’ दिनेश बाल्यकालमा फर्कन्छन ।

    त्यसो त उनी अध्ययनमा पनि उत्तिकै अब्बल थिए । प्राथमिक शिक्षा प्रेमवस्ती स्कुलबाट लिएका उनको अध्ययन अब्वल थियो । त्यसैले उनको उच्च शिक्षा पढ्ने बाटो बन्यो भरतपुरको स्कुल अफ हेल्थ साइन्स। ‘त्यसपछि महिला मेडिकल फिल्ड पढ्ने सानैदेखिको मेरो ईच्छा थियो अनि भर्ना भएँ’ मेडिकल क्षेत्रमा प्रवेश गर्दाको समय उनी सम्झिन्छन । पढाईमा अब्बल उनी आफ्नो राजनीीतक इच्छा र अठोटलाई पनि अघि बढाउँदै लगे । ‘म श्री मेडिकल कलेजको नेपाल विद्यार्थी संघ, कलेज इकाईको अध्यक्ष पनि भए विद्यार्थीको समस्यामा म सधै सारथी बनिरहें’ उनी भन्छन् ।
    स्कुल अफ हेल्थ साईन्सबाट १२ पास गरेपछि भने उनी भरतपुरकै श्री मेडिकल कलेजमा व्याचलर इन फार्मेसी भर्ना भए । त्यतिवेलासम्म उनले जिल्लामा राजनीतिमा समेत अलग छाप बनाईसकेका थिए । त्यसपछि उनी नेविसंघको जिल्ला उपाध्यक्ष हुंँदै अध्यक्ष पनि बने । उनी विद्यार्थी आन्दोलन , पार्टीको आन्दोलन र ०६२÷६३को आन्दोलनमा पनि उत्तिकै सक्रिय र अगुवाई गरिरहे । ‘म विद्यार्थीको ०६२÷०६३को आन्दोललनमा नेतृत्व पंत्तिमै थिएं , मेरो कानबाट गोली गएको मलाई हिजो जस्तै लाग्छ ।‘ उनी सम्झन्छन् । व्याचलर इन फार्मेसी पढ्दा पढ्दै काम पनि गर्दै आएका उनले भरतपुरका केही निजी अस्पताल र भरतपुर सरकारी अस्पतालको फार्मेसी विभागमा काम गरेको राम्रो अनुभव पनि छ ।
    फार्मासिष्ट बनिसकेका उनले भरतपुरको क्यान्सर अस्पताल अगाडि एकदशक अघि सञ्चालनमा आएको द तीर फार्मेसी, दुईबर्ष अघि चौबीस कोठीमा सञ्चालनमा आएको सांघाई मेडिकल हल र औषधिको थोक विक्रेता द तीर सप्लायर्स सम्हालिरहेका छन । उनी व्यवसायमा मात्रै सक्रिय छैनन , समाजसेवामा पनि उत्तिकै सक्रिय देखिन्छन् र राजनीतिलाई पनि सँगै लगेका छन् । पार्टीले गरेको र अह्राएको जुनसुकै काम पनि उनी छुटाउंदैनन । ‘म भुकम्पमा गोर्खा राहत सामाग्री लिएर गएँ । चितवनको हरेक दुर्गम वस्तीमा स्वास्थ्य शिविर राखिन की, रक्तदान कार्यक्रम त कति गरियो कति गरियो । ’ उनी गर्वसाथ सुनाउँछन् ।

    हाल उनी सांघाई मेडिकल हलमा बिहान सबेरै र राती अबेरसम्म आफूलाई सक्रिय गराइरहेका छन । ‘राजनीति त विशुद्ध समाजसेवा हो’, उनको बुझाइ छ । ‘राजनीतिलाई निरन्तरता दिन र आफू बांच्न पनि व्यवसाय त गर्नै पर्यो ।’ उनले जसरी राजनीति उचाई प्राप्त गरे त्यतिनै फार्मेसी व्यवसायमा पनि फड्को मारेका छन । यस क्षेत्रमा लागे पछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।पछिल्ला दुई वर्षको अवधिमा उनको पसलमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । दैनिक दुई सयभन्दा बढी सेवाग्राही उनकोमा औषधि किन्न पुग्छन् । जुनसुकै कम्पनी र जुनसुकै बिरामीका लागि औषधि एकै ठाउंँमा पाइने भएकोले पनि भीड हुने गरेको दिनेशको बुझाइ छ ।
    ‘बिरामीले खोजेकै ब्राण्डमा आौषधि दिन्छौं , त्यसले पनि धेरैलाई आकर्षित गरेको छ ।डाक्टरले जुन ब्राण्डको औषधि लेख्छन, बिरामीले त्यही ब्राण्डको खोज्नुहुन्छ, हामी बिरामीले खोजेकै औषधि दिन्छौं ।” दिनेश भन्छन् । यही विशेषताले गर्दा थाईराईड, उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घरोगको नियमित औषधि खानेहरु पाँच सय जनाभन्दा बढी साङ्घाईका नियमित सेवाग्राही भएको उनको दाबी छ ।
    बिहान ६ बजेदेखि राती १० बजेसम्म सेवा दिने साङ्घाईमा आएपछि यो औषधि पाईदैन भन्ने नभएकै कारण आफूलाई सफलता मिलेको दिनेशको अनुभव छ । ‘म अरुले खोल्नुभन्दा अघि पसल खोल्छु, अरुले बन्द गरेपछि मात्र पसल बन्द गर्छु’ उनी व्यवसायिक भिजन र सेवा बारे प्रष्ट हुन्छन।
    भरतपुर १२ स्थित श्री मेडिकल एण्ड टेक्निकल कलेजबाट बीफर्माको अध्ययन पूरा गरेपछि उनले बिसं. २०७१ सालबाट भरतपुर अस्पतालमा फर्मासिस्टको जागिर खाए । अस्पताल विकास समितिको करार पदमा रहेर उहाँले ६ वर्ष बिताए । तर मेडिकल क्षेत्रबाट आत्मसन्तुष्टि भने अहिले उनलाई मिलेको छ ।

    त्यसो त दिनेशको बि.सं. २०६८ सालमा नै दर्ता भएर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि सञ्चालनमा रहेको तिर फार्मेसी थियो । फुर्सदको समयमा आफूले हेर्ने र अन्य समयमा उनका दाजुले हेर्दै आएका तिर फार्मेसीलाई अहिले थोक पसलका रुपमा विस्तार गरेका छन ।

    हाल नेपाल स्वास्थ्यकर्मी संघ चितवनको सहसचिव रहेका राजनीतिमा पनि उत्तिकै दिलचस्पी राख्छन । ‘म जति औषधिमा अपडेट राख्छु त्यति नै राजनीतिमा अपडेट छु ।’ उनी सुनाउँछन् ।
    उनलाई पढ्न र काम गर्न विदेश जाने अफर नआएको होइन । तर उनले कहिल्यै विदेश जाने मन गरेनन । ‘विदेश त नलेज र घुम्न जाने ठाउंँ हो काम त आफ्नै देशमा गर्नुपर्र्छ ।’ देशभक्तिको भाव उनमा सहजै झल्किन्छ । हाल उनको सबै फार्मेसीमा गरी ७ जना बढीले रोजगारी पाएका छन भने २० वटा भन्दा बढी औषधि कम्पनी डिलरसीप लिएका छन उनले ।
    आगामी दिनमा फार्मेसीलाई थप विस्तार गर्दै स्वदेशमा उद्यमशील र रोजगारी सिर्जना गर्ने उनको धोको छ । ‘गरे के हुंँदैन ,गर्ने नै आफ्नै देशमा हो, मर्ने पनि स्वदेशमै हो । ’उनको बुझाई छ ।

    सयौं युवा दैनिक काम र मामको लागि भौतारिदै देश छोड्दा उनी राज्यप्रति पनि गुनासो राख्छन । ‘युवाशक्ति भनेको राज्यको सम्पत्ति हो । ‘हाम्रै छिमेकी भारत आर्थिक रुपमा कति अब्बल छ हामी भने झन् तल तल भएका छौं सरकारले उत्पादन गर भनेर मात्रै हुंँदैन उपभोग गर्ने लक्षित वर्गलाई पनि रोक्नु पर्छ ।’ उनको निश्कर्ष छ ।
    ‘’दैनिक दिनेश जस्ता सयौं युवा रोजगारको लागि विदेशिएर देश रित्तिदै गएका बेला यिनको मेहनत र लगाव र ईच्छाशत्तिले देशमै अन्य युवालाई पनि केही गर्ने वातावरण प्रेरणा मिल्यो भने अवश्य पनि देशक मुहार फेरिनेमा दुईमत छैन ।

    बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.